अर्थतन्त्र

सूर्य नेपाल वेस्टर्न ओपन पोखरामा बुधबारदेखि हुदै

पोखरा, चैत ३, सूर्य नेपाल गल्फ टुर २०२५÷०२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन भोलि बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने भएको एनपिजीलेले जनाएको छ । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन्। सूर्य नेपाल… पुरा पढौ

विद्यार्थीले सिकाए सडकमै गणित

पोखरा, चैत ३, अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो ।समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा मात्र नभई सर्वसाधारणलाई पनि गणितको महत्व बुझाउने प्रयासस्वरुप सडकमै गणित पढाउने अभ्यास गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए । ‘म्याथम्याटिक्स एण्ड होप’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीले ‘टावर अफ हनोई’, ‘टेनग्राम पजल,’… पुरा पढौ

नेलम्बो नेपालको माछापुच्छ्रेमा दुई दिने निःशुल्क दन्त तथा कान शिविर, ५ सयभन्दा बढी लाभान्वित

पोखरा, शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा वडा नं. ५ स्थित रिभान स्वास्थ्य चौकीमा सञ्चालन गरेको दुई दिने निःशुल्क दन्त तथा कान शिविरबाट ५०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा दाँत तथा कान सम्बन्धी विविध सेवा प्रदान गरिएको थियो। दन्ततर्फ दाँत परीक्षण, दाँत भर्ने, सफा गर्ने, निकाल्ने, एक्स–रे गर्ने, दाँत मिलाउने, गिँजाको उपचार लगायतका सेवा दिइएको थियो भने कानतर्फ कान परीक्षण, कान सफा गर्ने, सुनुवाइ जाँच, माइक्रो सक्सन विधिबाट उपचार, औषधि… पुरा पढौ

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

लेखनाथ, ३ चैत्र, लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सोमबारदेखि तालिमको आयोजना गरिएको हो । तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको… पुरा पढौ

फागुनमा कास्कीमा १८३ अपराधका मुद्दा दर्ता, १ करोड २५ लाख बिगो असुल

पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा अपराध नियन्त्रण, अनुसन्धान तथा सार्वजनिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रहरीका अनुसार महिनाभर १८३ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने १३८ जना प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका २६ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १२ वर्ष ११ महिना २८ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै १ करोड २५ लाख ११ हजार ५५० रुपैयाँ बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ।महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित सामाजिक… पुरा पढौ

पोखरामा पुनः फोहोर संकलन सुरु, अब नियमित फोहोर उठ्छः मेयर आचार्य

दीननाथ बराल पोखरा, २, चैत, पोखरामा पुनः फोहोर संकलन कार्य सुरु भएको छ । निर्वाचनको दिन फागुन २१ गतेदेखि स्थगित भएको फोहोर संकलन कार्य पुनः १० दिन पछि आइतबारदेखि सुरु भएको पोखरा महानगरपालिकाले पोखराक्लिकलाई जनाएको छ । विभिन्न कारणले अवरुद्ध भएको फोहोर व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको र सोमबार साँझसम्म करिब ३० प्रतिशत फोहोर उठाइसकिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । मेयर आचार्यका अनुसार पोखरामा दैनिक झण्डै २०० टन फोहोर उत्पादन हुने गर्दछ। विगत १० दिनसम्म नियमित… पुरा पढौ

पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विहिबार देखि हुने (भिडियो सहित) ७ देशका १४ महिला सहित ९० प्याराग्लाईडिङ पाइलट पोखराको आकासमा ..

दीननाथ बराल, पोखरा २, चैत, नवौं राष्ट्रिय खेलकुदका क्रममा निसिम थापाको प्याराग्लाईडिङ उडानको क्रममा दोश्रो दिनमा दुर्घटनामा परी ज्यान गएसंगै स्थगित भएको सोलो प्याराग्लानईडिङ सहितको प्रभावित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही चैत ५ गतेदेखि पोखरामा सुरु हुने भएको छ । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको ९० प्रतिशत तयारी पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=Ynw5cVsMIR4 नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा… पुरा पढौ

पोखरा रात्रि दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा, २ चैत, पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको… पुरा पढौ

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरे।… पुरा पढौ

पोखरामा एच टि सि मोबाइलको बिक्री वितरण सुरु

पोखरा, २ चैत, पोखराका तीन जना युवा व्यवसायीले एच टि सि मोबाइलको बिक्री वितरण सुरु गर्नुभएको छ । एमटिएस ट्रेडर्स प्रा.लि.मार्फत आइतबारदेखि पोखरा बजारमा एच टि सि मोबाइल उपलब्ध गराउन थालिएको हो। यसअघि रियलमी, इन्फिनिक्स, जेटटी, यूमिडिगी लगायत विभिन्न ब्रान्डका मोबाइल फोन बिक्री वितरण गर्दै आउनुभएका व्यवसायीहरूले अब संयुक्त रूपमा पनि एच टि सि मोबाइलको पोखरा क्षेत्रका लागि बिक्री वितरण सुरु गर्नुभएको हो।संस्थाका अध्यक्ष युवा व्यवसायी तारानाथ आचार्यले पोखरामा एच टि सि मोबाइलले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।… पुरा पढौ