अर्थतन्त्र

१७ औं हिसान स्पोर्टस मिटको समापन शुक्रबार हुँदै ः भलिबल र बास्केटबलका फाइनल खेल भोली हुँदै

पोखरा १३, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्याण्डले बाजी मारेको छ । समग्रमा मदरल्याण्डले माविले ७ अङ्क प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क… पुरा पढौ

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक प्राविधिक जनशक्तिको सम्मानजनक व्यवस्थापन गर्नु राज्यको कर्तव्य

पोखरा, १३ मंसिर, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको… पुरा पढौ

भारतबाट पोखरामा पहिलो चार्टर्ड उडान

दीननाथ बराल,पोखरा १३, मंसिर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज मित्र राष्ट्र भारतबाट पहिलो चार्टर्ड उडान भएको छ । भारतको दिल्लीबाट पोखराको लागि विहिबार साँझ ५ः५० बजे जेल एयरको सानो जहाज पोखरामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुधा सुवेदीले बताउनु भयो । क्रु सहित ४ जना यात्रु लिएर आएको बिमान भोलि दिउँसो ४ः४० बजे बंगलादेशका लागि उडान हुने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भाराट पोखरामा पहिलो पटक आएको हो ।पोखरा विमानस्थल संचालन… पुरा पढौ

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा, १३ मंसिर, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा। महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल… पुरा पढौ

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग, एयरपोर्टमा प्राविधिक समस्या छैन ः प्राधिकरण

पोखरा,१३ मंसिर नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको बताएका छन् । पोखराको नयाँ विमानस्थल साना विमान ९न्यारो बडी०को उडान–अतवरण हुने खालेको भएको बताउँदै उनीहरुले ठूला ९वाइड बडी० जहाज भने यहाँ नआउने पनि प्रष्ट पारे । बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमानमा सामान्यतयाः १८० सिट हुन्छ । उद्घाटन भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको कारण खोज्न तथा उडान सुनिश्चितताका लागि पोखरा उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तक्र्रिया… पुरा पढौ

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, प्रो तोरण एक स्ट्रोकले पराजित

काठमाडौं, १३ मंसिर, सूर्य नेपाल गल्फ टुर २०२४\२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन। अन्तिम दिन ५ (अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२(अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए। राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो। गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन(पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११(अन्डर २७७ सहित दोस्रो भए। प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले… पुरा पढौ

१३ औं पोखरा महोत्सव पुष २५ देखी, विभिन्न ३० उपसमिति गठन संगै सल्लाहकार चयन

पोखरा १३, मंसिर, १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो । जस अन्तर्गत महोत्सवको कार्य सम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि ब्यवस्थापन उप समिति संयोजकमा हिमालय बख्रेल, सचिवालय उपसमिति संयोजक सुक बहादुुर गुरुङ, अनुगमन… पुरा पढौ

कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

पोखरा, १३ मंसिर नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित हुनुभएको छ। नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवतmामा मनोनित गर्नुभएको हो । नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको… पुरा पढौ

पोखरामा भारतबाट पहिलो चार्टर्ड उडान

दीननाथ बरालपोखरा १३, मंसिर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिमेकी मुलुक भारतबाट पहिलो चार्टर्ड उडान हुने भएको छ । भारतको दिल्लीबाट पोखराको लागि आज साँझ ६ः०० बजे जेल एयरको सानो जहाज पोखरामा आउने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले बताउनु भयो । केही यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भारतबाट पोखरामा पहिलो पटक आउने भएको हो । उक्त विमानमा कति जना सवार… पुरा पढौ

आशिर्वादको महाप्रभुधाममा आगमी १५ गते भजन कृतन प्रतियोगिता

पोखरा, १३ मंसिर, आशिर्वाद क्लब अफ नेपालको आयोजनामा आगमी १५ गते पोखरा–१३, आर्वा महाप्रभुधाममा भजन कृतन प्रतियोगिता तथा महाआरती हुँदैछ । सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै धार्मिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष अर्जुन बरालले वताए । विहीवार सम्म १५ जनाको समुह सहभागी रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि दर्ता शुल्क २००० तोकिएको छ । सहभागि टोलीले आफ्नो वाद्यवाद्यनको व्यवस्था स्वंयम आफैँले गर्नुपर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा सहभागिको प्रकृतिको दौरान, स्टेजको ताल अधिक भएको… पुरा पढौ