अर्थतन्त्र

कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री

पोखरा, ११ मंसिर, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना कोरोला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किएका छन् । मन्त्री केसी नेतृत्वको टोलीले मंगलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको छ । मन्त्री केसी नेतृत्वको टोली मंगलबार कोरोला–पोखरा–त्रिवेणी मार्गअन्तर्गत भीमादबाट घिरिङ हुँदै नवलपुरको रुचाङसम्म पुग्यो । दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको करिब २३ किलोमिटर क्षेत्रमा निकुञ्ज पर्छ ।… पुरा पढौ

हिसान कास्की स्पोर्टस् मीटको अवसरमा भलिवल खेलाडी अरुणा शाही सम्मानित

पोखरा ११, मंसिर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक रुपमा मंगलबारबाट सुरू भएको छ । १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१को एक भब्य कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले समुद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए । प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्दै भने–‘स्वस्थ शरीर नै… पुरा पढौ

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई

पोखरा, ११ मंसिर बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार,… पुरा पढौ

मंसिर २२ गते देखि लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने

पोखरा ११, मसिर, कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा यही मंसिर २२ गते देखि हनी हन्टिङ महोत्सव हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुने तयारी तिव्र पारिएको लान्दुका पोखरा सम्पर्क समितिका अध्यक्ष शुक प्रसाद गुरुङले बताए । हरेक बर्ष मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको उहाँले जनाउनु भयो । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताए । यस… पुरा पढौ

स्याङजाको कोल्मा बहाकोटमा पुष ८ गते, पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा १०, मंसिर, स्याङजाको कोल्मा बहाकोटमा आउँदो पुष ८ गते पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता २०८१ हुने ंभएको छ । स्याङजाको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिता हुने तयारी गरिएको सोमबार पोखरामा आयोजित प त्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला दौड २५ किलोमिटर सहित ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको मञ्चका अध्यक्ष सु.मे.दुधप्रसाद गुरूङले बताउनु भयो । क्रस कन्ट्रि अन्तर्गत २५ किमि खुल्ला सहित महिला तर्फ १० किलोमिटर, २१ बर्ष मुनिका खेलाडीहरुलाई… पुरा पढौ

नेपाल फर्निचरको सोरुम पोखराको प्रर्साङमा विस्तार, बिषेश छुटको अवसर ..

दीननाथ बराल,पोखरा १०, मंसिर, पर्यटकीय नगरस्ी पोखरामा नेपाल फर्निचरको चौथो शाखा विस्तार भएको छ । पोखरामा फर्निचरको माग बढी भएकोले आफ्नो शाखा विस्तार गरिएको नेपाल फर्निचरका संचालक एवं युवा व्यवसायी सुजन अधिकारीले बताउनु भयो । केन्द्रिय कार्यालय काठमाण्डौंमा रहेको नेपाल फर्निचरले स्वदेशमा उत्पादित बस्तुबाट गुणस्तरिय र टिकाउका फनिचर तथा फर्निसिङका सामानहरु उत्पादन गर्दै आएको उहाँले जनाउनु भयो । उहाँले भन्नु भयो“ हामीले नेपालीको माया गर्ने र नेपाली उतपादन मन पराउने ग्राहकहरुको लागि उहाँहरुको इच्छा र चहाना अनुसारका फर्निचर हामी उत्पादन… पुरा पढौ

मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’ का लागि थप १ लाख प्रदान

पोखरा, मंसिर १०, पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन्… पुरा पढौ

जोण्टा क्लव अफ पोखराको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

१० मंसिर, पोखरा, विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनि गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितिय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हाँसिल गरे । प्रतियोगिताका वितेताहरुलाई एक समारोहका विच नगद सहित ट्रफि, प्रमाण–पत्रले पुरस्कृत गरियो । उनीहरुलाई आयोजक क्लवका अध्यक्ष रोजिना रंजित बिजुक्छे, मिस नेपाल इन्टरनेशलन करुणा… पुरा पढौ

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा १०, मंसिर, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन । सो अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले… पुरा पढौ

१७ औं हिसान कास्की स्पोर्टस मिट पहिलो दिन बास्केटबल तर्फ १४ खेल सम्पन्न, प्रतिभा मावि ह्याट्रिक गर्ने दाउमा

पोखरा १०, मंसिर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टु तर्फ १४ खेल सम्पन्न भएको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिएका हुन् । प्रतियोगिताको अनौपचारिक रुपमा सोमबार देखि खेलहरु सुरु भए पनि मंगलबार औपचारिक उद्घाटन हुने भएको पूर्व अध्यक्ष बाबुराम पन्तले… पुरा पढौ