अर्थतन्त्र

पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

जेष्ठ १५,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता शुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गरे । खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन यस्ता… पुरा पढौ

पोखरामा ४५ दिने चिनिया भाषा तालिम

पोखरा, १५ जेठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा बुधबारदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।तालिममा पर्यटन… पुरा पढौ

१८ औं गणतन्त्र दिवसःगणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण होः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताउनुभएको छ । ‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि हो ।’ उहाँले भन्नुभएको छ – ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौं । संघ, प्रदेश र… पुरा पढौ

५ राजनीतिक दलको अन्तर्क्रिया कार्यक्रम पोखरामा सम्पन्न

पोखरा, १७ औं गणतन्त्र दिवसको अवसर पारेर कास्कीमा क्रियाशील ५ राजनीतिक दलहरुले संयुक्त रुपमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। पोखराको शहिद पार्क भित्र रहेको घनश्याम स्मृति कक्षमा रहेको हलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै आर्थिक विश्लेषक तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको र मुख्य राजनीतिक दलभित्र मौलाएको आर्थिक पारदर्शिताको अभावले गर्दा यो व्यवस्था प्रति नैं जनतामा नैराश्यता बढेको दाबी गर्नू भयो। कार्यक्रममा नागरिक अभियन्ता विष्णु प्रसाद वराल, नेकपा माओबादी… पुरा पढौ

पोखरा रंगशालामा भलिवलका दर्शक (टिकट) बाटै सर्वाधिक धेरै ५७ लाख संकलन

दीननाथ बराल,पोखरा १४, जेष्ठ, पोखरा रंगशालामा विभिन्न खेलकुद प्रतियोगिताहरु मध्य भलिवलका दर्शक (प्रबेश शुल्क टिकट) बाट हालसम्मकै सर्वाधिक धेरै आर्थिक संकलन भएको छ । गत माघ १२ देखि २० गते सम्म पोखरा रंगशालाको भलिवल टे«ेनिङ सेन्टरमा आयोजना भएको पाँचौ संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको प्रबेश शुल्क (दर्शक टिकट) बाट मात्रै प्रतियोगितामा आम्दानीको एक तिहाई रकम आधा करोड भन्दा बढी आर्थिक संकलन भएको हो । ९ दिन संचालन भएको उक्त प्रतियोगितामा प्रबेश शुल्क… पुरा पढौ

ब्रेकिङ्ग बाउण्ड्रिज छात्र–छात्रा क्रिकेट प्रतियोगिता ः सेमिफाइनल समिकरण पुरा

जेष्ठ १४,पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ बाराही सेकेण्डरी र कम्युनिटी सेण्टर तथा अम्मरसिंह मावि र त्रिभुवन शान्ती सेकेण्डरी स्कुल सेमिफाइनलमा भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ बाराही र भद्रकाली पहिलो सेमिफाइनलमा तथा अम्मरसिंह र कालिका फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रने छन् । प्रतियोगिता अन्तर्गत छात्रातर्फको सेमिफाइल खेल बिहीबार मालेपाटन खेल मैदानमा हुने आयोजक एकेडेमीका… पुरा पढौ

कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार… पुरा पढौ

पोखरामा विहिबार देखि आठौं खुल्ला स्नूकर प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा १४, जेठ, पोखरामा भोलि (विहिबार) देखि कास्की जिल्ला स्तरिय आठौं खुल्ला स्नूकर प्रतियोगिता–२०८२ हुने भएको छ । कास्की विलियड्र्स स्नूकर तथा पुल संघको आयोजनामा यही जेठ ३० गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।संघमा आबद्ध २० वटा क्लबहरुका ६४ जना खेलाडीहरु वीचमा प्रतिष्प्रर्धा हुने भएको सघका अध्यक्ष सागर कुमार साई (दिलिप) ले बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेले ८० हजार नगद, शिल्ड र प्रमाण–पत्र, दोश्रो हुनेले… पुरा पढौ

नेपाल पर्यटन बोर्ड, गण्डकीको आयोजनामा पोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

जेष्ठ १४,पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन… पुरा पढौ

पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिमको सहभागिता

पोखरा, जेठ १४, पोखराको नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिकबिद्यालयको अयोजनामा हुने पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा कुल २० टिमको सहभागिता हुने भएको छ । बिद्यालयले २०८१ सालमा एसइई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयलाई र चनात्मककार्यमा सदुपयोग गर्ने उद्धेश्यले जेठ १५ देखि १७ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा छात्र तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेले १५… पुरा पढौ