अर्थतन्त्र

लिटल फ्लावरमा स्पोर्टस् मिट शुभारम्भ

पोखरा, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट बुधवारदेखि सुरु भएको तथा बेलुन उडाएर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले लिटल फ्लावर स्कुलले चेतनाका साथै विकृति र विसङ्गति विरुद्घ छ । कार्यक्रमको दीप प्रज्ज्वलन,बल हस्तान्तरण पनि समाजमा अग्रसरता देखाएकामा प्रशंसा गर्दै पढाइको साथसाथै खेलकुदका माध्यमले पनि विद्यार्थीहरुलाई अगाडि वढाउने उदेस्य राख्नु सराहनीय रहेको वताए । अधिकांश गुरुङ्ग र भूपूहरुको बस्ती रहेको रिठेपानीमा विगत ३०… पुरा पढौ

व्यावसायिक सीपले युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश ः ३ महिने सीपमूलक तालिमको औपचारिक शुभारम्भ

पोखरा, गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको ९३९० कार्यघण्टा० विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै युवालाई सीपमार्फत रोजगारी, व्यवसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे । मन्त्री थापाले भने, “सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।” उनका अनुसार… पुरा पढौ

१४ औं पोखरा महोत्सवका लागि उपसमिति र सल्लाहकार चयन

पोखरा, १४ औं संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरिएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सव भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३३ वटा उपसमिति गठन गरेको हो । जस अन्तर्गत महोत्सव कार्य सम्पादन उप समिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेल, झाँकी र्याली व्यवस्थापन उप… पुरा पढौ

पोखरामा पनि टिभिएसका नयाँ दुई बाइक सार्वजनिक

दीननाथ बराल,पोखरा ९, मंसिर, पोखरामा पनि टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरिएको छ । जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्राइभेट लिमिटेडमा नयाँ टीभीएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल मंगलबार सार्वजनिक गरेको हो । स्क्वायर मोटरर्सका निर्देशक विनोद पोटेले उक्त बाइकको मंगलबार सार्वजनिक गर्दै उक्त बाइक नेपाली बजारको माग अनुसार बजारमा आएको बताउनु भयो । बुलेट एडिशनको युरोपेली प्रेरणामा निर्मित यो नयाँ संस्करणमा फ्यूल इन्जेक्सन प्रविधि प्रयोग गरिएको उहाँले जनाउनु भयो… पुरा पढौ

कास्की आइडलमा टपटेन छनोट

पोखरा, मङ्सिर ९, रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्रस्तुति राखेका छन् । गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा छनोट भएका छन् । त्यसै गरी, नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना… पुरा पढौ

३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक मंसिर १७ देखि पोखरामा हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ मंसिर, पोखरामा आगामी मंसिर १७ गतेदेखि २२ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२ सञ्चालन हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने यो ६ दिने महोत्सवमा करिब १ सय २० वटा विभिन्न व्यवसायिक, सेवा–मूलक र सूचना–प्रविधिमूलक स्टल रहने आयोजकले जानकारी दिएको हो । https://www.youtube.com/watch?v=xkKZ8Rtibtw जेनजी आन्दोलनपछि कमजोर बनेको पोखराको आर्थिक गतिविधि सुदृढ बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीले मंगलबार पोखरामा आयोजित पत्रकार… पुरा पढौ

लैङ्गिक हिंसामुक्त समाज निर्माण सबैको साझा जिम्मेवारीः मन्त्री थापा

पोखरा, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारा ९ग्ल्क्ष्त्भ् त्इ भ्ल्म् म्क्ष्न्क्ष्त्ब्ी ख्क्ष्इीभ्ल्ऋभ् ब्न्ब्क्ष्ल्क्त् ब्ीी ध्इःभ्ल् ब्ल्म् न्क्ष्च्ीक्० तथा राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र संघर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा… पुरा पढौ

केई र फोर्थिङ इभी शो–रुम पोखरामा

दीननाथ बराल, पोखरा, ८ मंसिर, नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ इलेक्ट्रिक भेहिकल (इभी) शो–रुम संचालनमा ल्याएको छ । पोखराको बुद्धचोकमा रहेको उक्त शोरुमले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो । शो–रुमको उद्घाटन गर्दै लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले गण्डकी प्रदेशका ग्राहकले अझ सहज, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । आधुनिक, दिगो र भविष्य–मुखी सवारी साधनलाई प्रदेशका उपभोक्तासम्म नजिक ल्याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको उहाँको भनाई थियो… पुरा पढौ

होटल संघ र एनआरएल विच स्वास्थ्यसेवा सम्वन्धि सम्झौता

पोखरा, ८ मंसिर, होटल संघ पोखरा नेपाल र नेश्नल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) विच प्रयोगशाला सम्वन्धि परीक्षणमा छुट प्रदान गर्न आपसी सम्झौता भएको छ । एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाव सम्वन्धि जाँचमा ३५ प्रतिशत छुट दिने गरी आइतबार यो सम्झौता भएको हो । सम्झौतामा संघका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका छन् । उल्लेखित छुटका अतिरिक्त संघ अन्तर्गतका होटलमा कार्यरत कर्मचारीका लागि २० प्रतिशत छुट… पुरा पढौ

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला

लेखनाथ, ८ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको… पुरा पढौ