केई र फोर्थिङ इभी शो–रुम पोखरामा

-


     पोखरा क्लिक     
     मंसिर ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ८ मंसिर,

नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ इलेक्ट्रिक भेहिकल (इभी) शो–रुम संचालनमा ल्याएको छ । पोखराको बुद्धचोकमा रहेको उक्त शोरुमले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो ।

शो–रुमको उद्घाटन गर्दै लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले गण्डकी प्रदेशका ग्राहकले अझ सहज, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । आधुनिक, दिगो र भविष्य–मुखी सवारी साधनलाई प्रदेशका उपभोक्तासम्म नजिक ल्याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको उहाँको भनाई थियो । पोखराको माग र वातावरणलाई ध्यानमा राख्दै ग्राहकमैत्री इभी सेवा उपलब्ध गराउने उद्देश्यले शो–रुम स्थापना गरिएको श्रेष्ठको भनाई छ ।

उद्घाटनको अवसरमा कम्पनीले बिषेश अफर समेत घोषणा गरेको छ । अफरअन्तर्गत आकर्षक नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको अटो प्लस बीमा र रोड–ट्याक्स प्याकेज, प्रत्येक बुकिङमा एक रातको स्टे–प्याकेज, समावेश गरिएको कम्पनीले जनाएको छ । लक्ष्मी ग्रुपले दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘रिल्याक्स रिर्चार्ज नेटवर्क’ मार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेशन स्थापित गरि सकेको छ । कम्पनीले पोखराको बुद्धचोकस्थित नयाँ सुविधा अवलोकन गर्न तथा नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न अनुरोध गरेको छ ।