पोखरा, १५ माघ, पोखरा महानगरपालिका–१७, बास्तोलास्थित जानकी माध्यमिक विद्यालय का विद्यार्थीलाई इक्रा शिक्षा फाउण्डेशन ले आर्थिक सहयोग प्रदान गरेको छ। फाउण्डेशनले विद्यालयका जेहेन्दार तथा विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाँका दरले नगद सहयोग गरेको हो। विद्यालयमा बिहीबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला, इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, विद्यालयका प्रधानाध्यापक कडेल लगायतले विद्यार्थीलाई नगद रकम हस्तान्तरण गर्दै प्राप्त रकमलाई सही र सदुपयोग गर्न आग्रह गरे। कार्यक्रममा प्रत्येक कक्षाबाट एक–एक जना विद्यार्थी…
पुरा पढौ