पद्मश्री बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा

-


     पोखरा क्लिक     
     कार्तिक २८ गते २०८३ मा प्रकाशित


पोखरा,

पद्मश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडको १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सो सहकारी संस्थाका संरक्षक एवं सल्लाहकार कपिलनाथ कोइरालाले पानसमा दियो बालेर सभाको समुद्घाटन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले वर्तमान समयमा सहकारीहरूका बारेमा विभिन्न कुराहरू बुझ्न आवश्यक रहेको बताएका छन् । कुन सहकारी असल हो र कुन सहकारी खराब हो भन्ने छुट्याउन हामीलाई आवश्यक रहेको धारणा राख्दै उनले बजारमा सहकारी डुबेका विभिन्न हल्लाहरू चलेको बताए । कार्यसमितिको बैठक नबस्ने, वार्षिक साधारण सभा नगर्ने र कमजोर धितोमा ऋण लगानी गर्ने जस्ता कार्य गर्ने सहकारीहरू खराब, तर पद्मश्री सहकारीले स्थापनादेखि नै आर्थिक सुशासन कायम गरिरहेको पुष्टि भएको उनको भनाइ थियो ।

संस्थाकी अध्यक्ष इन्दिरा कोइरालाले वि।सं। २०६५ सालमा विधिवत रूपमा दर्ता भई ूहाम्रो आर्थिक समस्याको समाधान हाम्रो सहकारीू भन्ने मूल नाराका साथ संस्थाले पारदर्शिता र इमान्दारिताका साथ कार्य गर्दै आइरहेको बताइन्। उनले बजारमा सहकारीप्रति देखिएको नकारात्मक धारणा र असहज आर्थिक परिस्थितिका बीच पनि संस्थाले मितव्ययिता अपनाउँदै शेयर सदस्यहरूलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको उल्लेख गरिन्। साधारण सभामा सचिव देवेन्द्र पालिखेले वार्षिक प्रतिवेदन कोषाध्यक्ष उर्मिला बस्नेतले आर्थिक प्रतिवेदन र लेखा संयोजक गणेश प्रसाद कोइरालाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरुलाई संस्थाका शेयर सदस्यहरुले सर्वसम्मतरुपमा पारित गरेका छन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजा बाँस्तोलाले स्वागत मन्तव्य राखेकी थिइन् भने शेयर सदस्य कमला खातीले मन्तव्य व्यक्त गरेकी थिइन् । सभामा सदस्य झलक कोइराला अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।

सोही अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य गंगा अर्याललाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष इन्दिरा कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव देवेन्द्र पालिखेले गरेका थिए। संस्थाका अनुसार आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म संस्थामा १७६ महिला र २८ पुरुष गरी कुल २०४ जना शेयर सदस्य आबद्ध रहेका छन्। सो अवधिसम्म संस्थाको शेयर पुँजी १ करोड ९५ लाख ६७ हजार रुपैयाँ, बचत ९निक्षेप० संकलन १ करोड ९१ लाख ५२ हजार १०३ रुपैयाँ ८४ पैसा र कुल ऋण लगानी २ करोड १३ लाख ३८ हजार ४७९ रुपैयाँ पुगेको छ। संस्थाले यस आर्थिक वर्षमा ११ लाख ९२ हजार ६३१ रुपैयाँ ८९ पैसा खुद नाफा आर्जन गर्न सफल भएको छ भने जगेडा तथा अन्य कोषमा ६० लाख ७६ हजार ४८४ रुपैयाँ ३७ पैसा रहेको छ।

संस्थाले आगामी दिनमा पर्याप्त तरलताको सदुपयोग गर्दै उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा सर्वसुलभ तरिकाले ऋण प्रवाह गर्ने, सदस्यहरूलाई शिक्षा तथा सीपमूलक तालिम प्रदान गर्ने र कार्यालयको स्तरोन्नति गर्ने भावी योजना अघि सारेको छ।