दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे सदस्य–सचिव मेहतासहितको टोलीद्वारा स्थलगत जानकारी

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


कर्णाली,

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई गति दिने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतासहितको टोलीले प्रतियोगिता तयारीका विषयमा जानकारी लिएको छ।

टोलीले प्रतियोगिता सञ्चालनका लागि भइरहेका तयारी, खेल पूर्वाधारको अवस्था तथा आवश्यक व्यवस्थापनका विषयमा जानकारी लिँदै तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ। उक्त अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राष्ट्रिय खेलकुद परिषद्की सदस्य मोनालिसा खम्बू तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएकाले यसले प्रदेशको खेलकुद विकास, खेलाडीको प्रतिभा प्रदर्शन तथा खेल पूर्वाधारको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित निकायबीच समन्वय, सहकार्य र तयारीलाई निरन्तरता दिनुपर्ने देखिन्छ।



This will close in 20 seconds