फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार निशान रानाको सहयोग

-


     पोखरा क्लिक     
     कार्तिक १४ गते २०८३ मा प्रकाशित


पोखरा, १४ कात्तिक,

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा फोटो पत्रकार निशान रानाले आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ जापान शाखाका कोषाध्यक्ष समेत रहेका रानाले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे । अक्षयकोष सहयोगदाता रानाले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए । आगामी दिनमा जापान र नेपालको फोटो पत्रकारिताको हितमा सहकार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए ।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले फोटो पत्रकार रानालाई धन्यवाद ज्ञापन गरे ।

उनले विभिन्न दाताहरुबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।



This will close in 20 seconds