
दीननाथ बराल,
पोखरा, ७ कात्तिक,
नेपालीको महान् पर्व बडादसैँको सांस्कृतिक रौनकलाई पर्यटनसँग जोड्दै पोखरामा भोलि ९आइतबार० ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ आयोजना हुँदैछ । पोखराको लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने महोत्सवको अन्तिम तयारी पूरा भएको आयोजक महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ० ले जनाएको छ ।
गृहलक्ष्मी ग्यासको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा हुन लागेको महोत्सवले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई स्वदेशी तथा विदेशी पर्यटक माझ पु¥याउने लक्ष्य राखेको ओटेफकी अध्यक्ष ममता न्यौपानेले बताउनु भयो । ‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव पोखरामा दसैँलाई पर्यटनसँग जोड्ने नयाँ प्रयासका रूपमा अघि सारिएको उहाँले बताउनु भयो ।
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सव अघि लेकसाइडको हल्लनचोकबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने भएको छ । ¥याली सेन्टर प्वाइन्ट र बाराही चोक हुँदै महोत्सवस्थलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने भएको छ ।
¥यालीमा पर्यटनसम्बद्ध सङ्घसंस्था, स्थानीय क्लब, आमा समूह, जलारी समुदाय, विभिन्न सांस्कृतिक समूह, खेलाडी तथा पर्यटकको सहभागिता हुने भएको छ भने पञ्चेबाजासहितको ¥यालीले पोखराको पर्यटन क्षेत्रमा दसैँको सांस्कृतिक उत्सवमय वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागी स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिएर दसैँको आत्मीयता र पारिवारिक सद्भावको अनुभूति गराइने अध्यक्ष न्यौपानेले बताउनु भयो । नेपालीका लागि आशीर्वाद, पारिवारिक पुनर्मिलन र आपसी सद्भावको प्रतीक रहेको दसैँलाई पर्यटकले समेत प्रत्यक्ष अनुभव गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्र्नुभयो ।
महोत्सवमा नेपाली मौलिक खानाका परिकार, स्थानीय उत्पादन, परम्परागत सामग्री तथा पर्यटनसम्बन्धी व्यवसायिक गतिविधिसमेत प्रदर्शन गरिने छ । चङ्गा चेट प्रतियोगिता, चमराली पिङ, रोटे पिङ र लिङगे पिङका साथै विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ । नेपाली संस्कृति र परम्परासँग जोडिएको कबड्डी प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ ।
ओटेफकी संस्थापक अध्यक्ष जमुना पहारी पराजुलीले महोत्सवमार्फत पर्यटकलाई दसैँको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराउनु भयो । नेपाली चाडपर्वलाई केवल उत्सवका रूपमा मात्र नभई देशको पहिचान र सांस्कृतिक सम्पदाका रूपमा चिनाउन महोत्सवले सहयोग पु¥याउने पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताउनु भयो ।
महोत्सव संयोजक तथा ओटेफकी निवर्तमान अध्यक्ष उमा रेग्मी भण्डारीले नेपाली मौलिक पर्व र संस्कृतिलाई पर्यटनसँग जोडेर पोखरामा आउने पर्यटकलाई फरक अनुभव प्रदान गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । पर्यटकलाई सांस्कृतिक प्रस्तुतिसँगै सम्बन्धित पर्वको इतिहास, महत्व र परम्पराबारे जानकारी गराउन सके त्यसले पर्यटन अनुभवलाई अझ अर्थपूर्ण बनाउने उहाँले जनाउनु भयो ।
महोत्सवका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका–६ तथा नेपाल पर्यटन बोर्ड लगायतको सहयोग रहेको ओटेफकी महासचिव भावना रानाभाटले जानकारी दिनुभयो । कोजाग्रतपूर्णिमा पर्वको अवसरमा तालबराही मन्दिरमा दर्शन गर्ने र ढुंगा सयर गर्नेहरुको अत्याधिक भिडभाड हुने गरेको छ । बाराहीघाट क्षेत्रमा हाट बजारको रुपमा हरेक बर्ष अध्याधिक भिडभाड हुने गर्दछ ।





