
काठमाडौं,
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको हो । मन्त्री यादवको सचिवालय तथा उहाँको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्नु भएको हो ।
राजीनामा व्यक्तिगत कारणले दिएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ। मन्त्री यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व परिवर्तन हुने भएको छ। अब मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री शाहले निर्णय गर्नुहुनेछ।




