
भदौ १६,पोखरा,
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो संस्करणको पोखरा भेटरान्स सिङ्गल तथा डवल्स टेनिस प्रतियोगिता हुने भएको छ । आगामी भाद्र १९ देखि २३ गते सम्म पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा उक्त प्रतियोगिता हुन लागेको हो ।
रेवान पोखराले खेलकुदका माध्यमबाट यहाँको खेल पर्यटन प्रवद्र्धन, स्वस्थ्य नागरिक उत्पादन तथा आपसी भाइचारा सम्बन्ध प्रगाढ पार्ने उद्येश्यका साथ विगतमा दुई वटा संस्करण सम्पन्न गरिसकेको छ । पाँच दिने प्रतियोगितामा सिंगल तथा डवल्सतर्फ प्रथम, द्वितिय हुने खेलाडीहरुलाई नगद सहित शिल्ड, मेडल प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने प्रतियोगिता संयोजक समेत रहनुभएका रेवान पोखरामा सचिव भिष्मराज पौडेलले जानकारी दिनुभयो ।




