भोटेकोशी बाढी प्रभावितलाई लेउवा संघको सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख प्रदान

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


लेखनाथ, १४ भदौ,

भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन लेखनाथ उद्योग वाणिज्य संघले ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु २ लाख आर्थिक सहयोग जम्मा गरेको छ ।

यस विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउने संस्थागत दायित्व महसुस गर्दै आफूहरूले उक्त रकम जम्मा गरेको संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिएकी छिन । विपद्को समयमा निजी क्षेत्रको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सरकारसँग सहकार्य गर्दै आएको उनले बताईन
भोटेकोशीको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको थियो। यस अपूरणीय क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ।

राष्ट्रिय विपत्तिको यस घडीमा राज्यको राहत प्रयासमा हातेमालो गर्न सम्पूर्ण उद्योगी, व्यवसायी र आम नागरिकलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत संघले हार्दिक अपिल गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति संघले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घरबारविहीन र घाइतेहरूको शीघ्र उद्धार, उपचार तथा पुनस्र्थापनाको कामना गरेको छ।