रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृती ब्याडमिन्टनको उपाधी रक्षा

-


     पोखरा क्लिक     
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


काठमाडौं,

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधी रक्षा गर्न सफल भएका छन् ।पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनाल विच भएको खेलमा प्रिन्सले जित हात पारे ।

प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन् । यसका साथै प्रिन्सले लिगमा हारेको बदला समेत लिएका छन् । प्रिन्सले ४८ हजार ५ सय मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने उपबिजयी क्षितिजले ३० हजार मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त प्राप्त गरे । पिस फिटनेश क्लबका बिष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त तेश्रो भए । बिष्णुले नगद १२ हजार ५ सय, प्रफुलले नगद १४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।