इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न ः

-


     पोखरा क्लिक     
     असार ३२ गते २०८३ मा प्रकाशित


इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २५÷२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६÷२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो ।

क्लबको नव निर्वाचित उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित हुनुभयो । यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा। सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको उद्घाटन गर्दै मनै बाट सेवा भावना सहितको नेतृत्व, इनर ह्वीलका लिडरहरूले ध्यान दिनुपर्ने विषय वस्तु तथा स्वास्थ्य, वातावरण र नेतृत्व विकास गर्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर ह्वील क्लब अन्नपूर्णका चार्टर प्रेसिडेन्ट सर्सिज पालिखे लगायत विभिन्न क्लबका अध्यक्षहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष इनर ह्वील सन्ध्या कुँवरले स्वागत गर्नुभएको कार्यक्रममा इनर ह्वील सचिव मुना राना कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । पूर्व अध्यक्ष इनर ह्वील सजिना न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अनिता पराजुली अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।