सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब रुपैयाँ बजेट विनियोजन

-


     पोखरा क्लिक     
     जेठ १५ गते २०८३ मा प्रकाशित


काठमाडौं,

सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै यो रकम खेलकुद विकासमा प्रयोग गरिने जानकारी गराएका छन्। बजेटअनुसार, पोखरा, काठमाडौँ लगायतका प्रमुख शहरमा २ हजार क्षमताको मल्टिपरपोज हल निर्माण गरिने छ। साथै आगामी तीन वर्षभित्र देशका १० स्थानमा ८ हजार क्षमताको फुटबल रंगशाला र प्रमुख आठ शहरमा क्रिकेट रंगशाला निर्माण हुने छ।

अर्थमन्त्री वाग्लेले खेलकुदको पहुँच विस्तार र जनसरोकारका कार्यक्रम सञ्चालन गर्न यो बजेट ठूलो योगदान हुने बताए।

सरकारले ५ वर्षभित्र सबै नागरिकलाई सुरक्षित खानेपानी दिने घोषणा

काठमाडौं – सरकारले आगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य घोषणा गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेका अनुसार, काठमाडौं उपत्यकाभित्र खानेपानी महसुल पुनरावलोकन गरिने छ।

खानेपानीसँग सम्बन्धित विभिन्न निकायलाई गाभेर एउटै संरचना निर्माण गर्ने योजना अघि बढाइँदैछ। यसले प्रणालीको पारदर्शिता बढाउने र सेवा गुणस्तर सुधार्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेले भने, “सुरक्षित र भरपर्दो खानेपानी सेवा जनताको अधिकार हो, र सरकार यसलाई प्राथमिकतामा राख्दै काम गर्दैछ।”