मर्नीङवाक जानेहरु पनि जुटे फोहोर सफाई अभियानमा

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको लभ्ली डाँडामा करिब दश बोरा फोहोर संकलन गरेका भएको छ । पोखरा वडा नं ५ र १८ को सिमानामा पर्ने उक्त डाँडाको फोहोर मर्नीङवाकमा जानेहरुले संकलन गरेका हुन् । लभ्ली डाँडामा बिहान ४ बजे देखिनै मर्नीङ्वाक जानेहरुको लर्को भेटिन्छ । लभ्ली डाँडा चढ्दै गर्दा डाँडाभरी चाउचाउ,चिप्स,कुरकुरे,पानी,बियर र रक्सीका खाली बोत्तलहरु यत्रतत्र छरिएका भेटिन्छन् ।

पोखराको नजिकै रहेको लभली डाँडामा बिदाको दिन र बेलुकापख रमाइलो गर्नजानेहरुले बढि फोहोर गर्नेगरेको स्थानीय प्रकाश अर्यालले बताए । प्रयोगमा आइसकेका बोत्तल, प्लाष्टिक र अन्य फोहोर आँफै संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्न स्थानीयले समेत अनुरोध गरेका थिए ।
योग प्रशिक्षक गंगाराज सुवेदी र मोती भुजेलको संयुक्त पहलमा फोहोर संकलन कार्य सम्पन्न भएको थियो । सधैंको मर्नीङ्खवाकमा देखिने फोहोर संकलन गर्नेका लागी एक दिन अघी मौखिक सुचना गरि फोहोर संकलन गर्ने कार्यमा सहभागी हुन अनुरोध गरेको मोती भुजेलले बताए । सोही दिन पनि मर्नीङ्वाक आउनेहरुलाइ फोहोर संकलन गर्नेकार्यमा सहभागीभइदिन अनुरोध गर्दै प्रशिक्षक सुवेदीले घोक हालेका थिए । मर्नीङवाक जादा पनि फोहोर सफाई अभियानमा आफुहरुले गरेको सुरुवात यसलाई आवश्यकता अनुसार निरन्तरता दिदै जाने भुजेलले बताए ।

यमुना सुवेदी, ऋगवानी सुवेदी, रियान सुवेदी, हिरा आचार्य, माधव प्रसाद अधिकारी, नारायण गुरुङ, गोविन्द के।सी।, बिष्णु बरुवाल, घनश्याम अधिकारी, सुर्य बहादुर बरुवाल, विजया अधिकारी, जमुना पराजुली, मन्जु भुजेल, गीता पोखरेल, कोपीला खत्री, भुमा खड्का, सीता भूत्र्याल, लक्ष्मी अधिकारी, प्रिया पुन, लक्ष्मी पुन, विक्रम सेन्चुरी, यूकेश पुर्जा, आनन्द प्रसाद साह, शोभा सुवेदी, श्रीकान्त शर्मा र महेन्द्र सुवेदी लगाएतका समाजसेवीहरु उक्त फोहोर संकलन कार्यमा सहभागी भएका थिए । सुगर प्रेसरको औषधी खाएर सुत्नु भन्दा आफ्नो शरीरको तौल र स्वास्थ्यस्थिति हेरेर मर्नीङ्खवाक गर्नु उत्तम हुन्छ । लभ्ली डाँडाको थाप्लोमा पुगेर भर्खरै बिउझिदै गरेको पोखरा र रातभर जाग्राम बसेको माछापुच्छ«े ,अन्नपूर्ण हिमश्रृङ्खला हेर्दै हल्का व्यायाम सँगै योगा गर्नेको संख्या दिनप्रतिदीन बढ्दै गएकोमा योग प्रशिक्षक सुवेदीले खुशी ब्यक्त गरे ।