पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालनमा

-


     पोखरा क्लिक     
     जेठ ४ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपालमा आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा नयाँ “चेतक एक्सपेरियन्स जोन” सञ्चालनमा ल्याएको छ । राजधानी बाहिर प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव ग्राहकसम्म पु¥याउने उद्देश्यसहित उक्त शोरुम हालै औपचारिक रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातानाधहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो । आधुनिक विद्युतीय सवारी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको यस एक्सपेरियन्स जोनमा प्रविधिमैत्री सेवा, सहज ग्राहक अनुभव तथा ईभी–केन्द्रित सुविधाहरूलाई प्राथमिकता दिइएको छ । यहाँ ग्राहकहरूले चेतक ईभीका विभिन्न मोडल अवलोकन गर्न, टेस्ट राइड लिन, खरिदसम्बन्धी परामर्श प्राप्त गर्न तथा बिक्रीपछिको सेवा एउटै स्थानबाट लिन सक्ने व्यवस्था गरिएको छ ।
शोरुममा डिजिटल प्रोडक्ट डिस्प्ले, आधुनिक इन्टेरियर तथा इन्टरएक्टिभ टचपोइन्टहरू समावेश गरिएका छन । साथै, प्रशिक्षित ईभी विज्ञमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरबारे विस्तृत जानकारी उपलब्ध गराइने बताइएको छ ।

चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भने, “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अर्को महत्वपूर्ण कदम चालिरहेका छौं । चेतक ईभी परम्परा, नवप्रवर्तन र दौनक प्रयोगको सहजताको उत्कृष्ट संयोजन रहेको उहाँका यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महसुस र्ग सक्ने विश्वास लिएका छौं ।” क्लासिक डिजाइन, आधुनिक प्रविधि र स्मार्ट कनेक्टिभिटीको संयोजनका कारण बजाज चेतक नेपाली बजारमा भरपर्दो तथा आकर्षक इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित हुँदै गएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।