
गण्डकी,२७ वैशाख,
पोखरा महानगरपालिका वडा नं. २० खोरमा रहेको सदाशिव जेष्ठनागरि दिवा सेवा केन्द्रको प्रथम अधिवेशनले प्रजापति पैडेलको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्वत गठन गरेको छ । तीन बर्षे कार्यकाल रहेको केन्द्रको उपाध्यक्षमा कमला सुवेदी, सचिवमा तुलसी तिमिल्सिना, कोषाध्यक्षमा गम वहादुर जिसी, सहसचिवमा रन वहादुर घर्ती र सदस्यहरुमा कुलप्रसाद भण्डारी, एक हादुर घर्ती, लक्ष्मी सुवेदी, मधुमाया थापा, शिवराज सुवेदी र लेख बहादुर थापा रहनु भएको छ ।
पोखरा महानगरपालि वडा नं. २० का वडाअध्यक्ष गंगा वहादुर के.सीले अधिवेशनको उद्घाटन गर्दै समाजका जेष्ठनागरिकको हक अधिकार सुनिश्चित गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडामा सञ्चालित तीन वटा जेष्ठनागरिक दिवा सेवा केन्द्रमा स्वास्थ्य परिक्षण, खाजा र पिउने पानीको व्यवस्था गर्ने तयारी भई रहेको उहाँको भनाई थियो । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले प्रदेश सरकारले जेष्ठनागरिकको सेवा सुविधाका लागि आवश्यक भौतिक संरचना तथा मनोरञ्जनका सामाग्री खरिदमा आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
बरिष्ठ पत्रकार हरि बास्तोलाले जोष्ठनागरिकलाई वृद्धाश्रममा होईन घरैमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिंदै घरमा अपहेलीत जेष्ठनागरिकको पक्षमा पैरवी गर्दै अग्रजको ज्ञान, सीप उपयोग गर्नेतर्पm केन्द्रको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा केन्द्रका जेष्ठ सदस्य रामकुमारी गुरुङ,केशव राज गौतम र कुन्ती घर्तीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । केन्द्रमा हाल एक जना संरक्षण सदस्य, ७१ जना आजिवन सदस्य र एक जना साधारण सदस्य आवद्ध रहनु भएको सहसचिव तुलसी प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
केन्द्रका अध्यक्ष तोयनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मिना पौडेल,स्थानीय समाज सेवीहरु त्रिलोचन गौतम, मिलन कुमार जिसी, रामजीप्रसाद पौडेल, हरिहर जेष्ठ नागरिक समाज भलामका अध्यक्ष विष्णुप्रसाद खत्री, शिव मन्दिर आमा समुहका अध्यक्ष सुष्मीता घर्ती, लगायतले जेष्ठनागरिकमा हक हित र अधिकार सुनिश्चितताका लागि घर परिवारदेखि सिंङ्गो समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष तोयनाथ पौडेल र सचिव प्रजापति पौडेलको सांगठानिक र कोषाध्यक्ष लेख बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।




