
पोखरा,
बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच दशौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा राजेश खाडको टिम प्रथम हुदै नगद १७ हजार ५ सय नगद सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने विशाल श्रेष्ठको टिम द्वितीय हुदै नगद ९ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
कर्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्ने बताउदै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले व्यवसायी विच आत्मीयता बढोस भनेर बिगतका वर्षहरूमा झै यो वर्ष पनि फुटसल प्रतियोगिता आयोजना गरिएको बताए ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन एशोसियसनका महासचिव थमनसिह गुरूङले गरेका थिए भने उपाध्यक्ष मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए ।




