
पोखरा,
पोखराका आर्यष राज पौडेल काठमाण्डौमा जारी चौंथो मण्डिकाटार जुनियर ओपन टेनिस प्रतियोगिता अन्र्तगत दुई वटा उमेर समुहको फाइनलमा प्रवेश गरेका छन् । पौडेल १६ वर्ष मुनि र १४ वर्ष मुनिको एकलतर्फ फाइनलमा पुगेका हुन् ।
आफ्नों उमेर समुह भन्दा पनि माथिको यु–१६ सेमिफाइनलमा उनले पोखराकै सुरेन्द्र विकलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । १४ वर्ष मुनिको सेमिफाइनलमा आर्यषले पृथ्या रिजाललाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुने आर्यषका प्रशिक्षक समेत रहेका नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काले जानकारी दिए । उनका अनुसार आर्यषले १६ वर्ष मुनिको फाइनलमा आसव हाडासंग तथा १४ वर्ष मुनिको फाइनलमा विश्व विशेष डल्लाकोटीसंग उपाधी भिडन्त गर्नेछन् ।




