नयाँ वर्षमा ‘पोखरा रमाइलो माया’ गीत सार्वजनिक

-


     पोखरा क्लिक     
     वैशाख १ गते २०८३ मा प्रकाशित



पोखरा,

नयाँ वर्षको अवसर पारेर ‘पोखरा रमाइलो माया’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। पोखराका कलाकार प्रकाश बरालको शब्द तथा सङ्गीत रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

प्रकाश बरालकै स्वरमा रहेको गीतमा लक्ष्मी बराल, दिपक बास्तोला र साबित्रा ढुङानाले पनि स्वर दिएका छन्। गीतको एरेन्ज यम बहादुर थापाले गरेका हुन् भने रेकर्डिङ पोखरास्थित बासुरी डिजिटल स्टुडियोमा गरिएको छ। गीतको भिडियो गणेश साप्कोटाले छायांकन गरेका छन्। निर्देशन तथा नृत्य निर्देशन मुकेश नेपालीले सम्हालेका छन् भने भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका छन्। भिडियोमा बबिन सिंह ठकुरी र सरिता दानकुटीको अभिनय देख्न सकिन्छ।

‘झिलिलि बिजुली बत्तीले बैना मारौं भन्या थे कतिले’ जस्ता शब्द समेटिएको गीतले पोखराको रमाइलो परिवेश, माया–प्रेम र सांस्कृतिक झल्को प्रस्तुत गरेको छ। विशेषगरी पोखराका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोले शहरको पहिचान झल्काउने प्रयास गरेको सर्जक बरालले बताएका छन्। स्थानीय कलाकारको सहकार्यमा तयार पारिएको यो गीतले नयाँ वर्षको अवसरमा दर्शक–श्रोतामाझ थप उत्साह र मनोरञ्जन दिने अपेक्षा गरिएको छ।