
पोखरा, चैत १४ गते,
मोनिका सप्लायर्सद्वारा गण्डकी–धौलागिरी अञ्चलका डिलर्सहरूको आयोजनामा पोखरामा सिइएटी टायर्सको डिलर्स मिट सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशभरिका यातायात व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै सिइएटी टायर्स नेपालका प्रमुख अरुण सिंहले नेपाली बजारमा सिइएटी टायर्सको बढ्दो उपस्थितिबारे प्रकाश पार्दै गुणस्तरीय सेवा र उत्पादनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डिलर्सहरू कम्पनीको मुख्य आधारस्तम्भ भएकाले उनीहरूको भूमिका अझ सशक्त बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको बताउनुभयो । सिइएटी टायर्सका नेपाल इम्पोर्टर सोहन नितिरले कम्पनीका नयाँ योजना, बजार विस्तार रणनीति तथा डिलर्सहरूलाई प्रदान गरिने सुविधाबारे जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनमा अझ प्रभावकारी वितरण प्रणालीमार्फत देशव्यापी पहुँच विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले नेपालमा सुरु भएको गोरखकाली टायर धरासायी भएपनि भारतीय कम्पनीको यस टायर्सको लोकप्रियता व्यापक रहेको भन्दै प्रतिस्पर्धात्मक बजारमा यसको मुल्य र गुणस्तर बिच सन्तुलन मितव्ययी हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी पोखरा औद्योगिक क्षेत्र व्यवस्थापनका उपाध्यक्ष दीपेन्द्र बस्ताकोटीले उद्योग तथा व्यवसायको प्रवद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो । गण्डकी–धौलागिरी यातायात प्रा.लिका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रमा गुणस्तरीय टायरको आवश्यकता औँल्याउँदै सिइएटी टायर्सप्रति विश्वास बढ्दै गएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै मोनिका सप्लायरका अध्यक्ष मोहनबाबु खड्काले उपभोक्ता रोजाईनै कम्पनीको सफलता भएको बताउनुभयो । कार्यक्रममा सहभागीहरूबीच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।




