कालिका पब्लिक कलेजमा परिवार नियोजनको अभियान

-


     पोखरा क्लिक     
     चैत्र ११ गते २०८२ मा प्रकाशित


पोखरा, ११ चैत,

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १० रामबजार स्थित कालिका पब्लिक कलेजमा अभियान संचालन गरिएको छ ।

कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टाफ नर्स अनुषा भुेजल र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।