आन्दोलनका क्रममा फरार रहेका कैदी पोखरामा पक्राउ

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८२ मा प्रकाशित


पोखरा, २५ फागुन,

कास्की कारागारबाट फरार रहेका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोक निवासी सूर्यबहादुर घर्ति क्षेत्री गत २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका थिए ।

फरार भएपछि उनको खोजतलास भइरहेको अवस्थामा आज दिउँसो करिब १२ः४५ बजे नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए । पक्राउ परेका घर्ति क्षेत्रीलाई बाँकी सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्की पठाइएको उनले जनाए ।