पोखरा–१४ मा एमालेको घरदैलो

-


     पोखरा क्लिक     
     फागुन ११ गते २०८२ मा प्रकाशित


पोखरा, ११ फागुन,

नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी, चाउथेलगायत प्रमुख वस्तीसहित उक्त वडाका करिब २० वटा टोलमा पुगेर मतदाता भेटेका हुन् ।

अधिकारीले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनको रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको सम्झिए । सुकुम्बासी समस्या समाधानका लागि एमालेले पुनः सक्दो भूमिका खेल्ने उनले बताए । स्थानीयले चोरीको समस्या रहेकाले सीसीटिभिको आवश्यकता वडाभित्र देखिएको विषय उम्मेद्वार अधिकारीसमक्ष राखेका थिए । उम्मेद्वार अधिकारीले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण, सुरक्षा जोखिम न्यूनिकरण, आर्थिक विकास र संसदीय सहभागितामा सक्रिय हुने प्रतिबद्धता जनाए । उनले पूर्वाधार निर्माणमा जनसहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

कास्की–१ मा एमालेले जितेपछि नै पूर्वाधार निर्माणतर्फ सम्झनलायक काम भएको उनले दाबी गरे । उनले नयाँ पार्टी आएको भनेर भ्रममा नपर्न मतदातालाई आग्रह पनि गरे । एमालेले मंगलबारदेखि मादी गाउँपालिकामा घरदैलो गर्ने तयारी गरेको छ । मंगलबार मादी–१, ६ र ७ मा घरदैलो हुनेछ ।