
दीननाथ बराल,
पोखरा, २३ माघ
साविक विजेता बंगलादेश र भारत पोखरामा जारी साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको लागि फाइनल खेलमा शनिबार (भोलि) प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा दिउसो २ः०० बजे फाइनल खेल हुने भएको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताउनु भयो ।
राउण्ड रोविनका आधारमा भएको खेलमा बंगलादेश र भारतले शिर्ष पहिलो र दोश्रो स्थानमा रहदै फाइनलमा यात्रा तय गरेका हुन् । बंगलादेश शिर्ष स्थानमा हुदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अंक सहित फाइनलमा यात्रा तय गर्दा भारतले ३ खेल मध्य २ खेलमा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ शिर्ष दोश्रो हुदै फाइनलमा यात्रा बनाएको हो । बुधबार भारतले भूटानलाई एकतर्फी ८—० को गोल अन्तरले पराजित गरेको थियो अर्र्को खेलमा घरेलु टिम नेपाललाई बंगलादेशले ४—० को गोल अन्तरले पराजित गरेको थियो ।
नेपाल सहित ४ देश सहभागि प्रतियोगितामा बंगलादेशले यस अघि भारतलाई पराजित गरेको थियो । बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो। । बंगलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको हो । नेपालले भुटानलाई २–१ ले पराजित गरी एक खेलमा मात्र जित हासिल गरेको थियो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।




