कागेंस रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

-


     पोखरा क्लिक     
     माघ २१ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँ पालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यलय स्थापन गरिएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपा गाउँ पालिकाको वडा नं. ६ वरको डालिमा सम्पर्क कार्यलय स्थापना गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

सम्पर्क कार्यलयको नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै रानाभाटले मुलुकको स्थीरता, शान्ति, विकास र स्थायित्वका लागि काँग्रेसलाई जिताउनु पर्ने बताए । कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले परिवर्तनको नेतृत्व गरेको काँग्रेसले उन्नती प्रगती र समुन्नतीको पनि नेतृत्व गर्ने बताए । पार्टी संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै काँग्रेस प्रचार प्रसारलाई तिव्र पारेको क्षेत्रिय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, वडा इकाइ सभापति वलराम गुरुङ, उपसभापति जुम्मेदिन मिया, सचिव टिक प्रसाद गुरुङ युवा नेता गोपाल गुरुङलगायतले बोलेका थिए ।



This will close in 20 seconds