
दीननाथ बराल,
पोखरा ५, पुस,
पर्यटकीय नगरी पोखरामा करिब ९ सय साईक्लिष्टहरु ‘टुर दी पोखरा’ साइकल ¥यालीमा सहभागि हुनु भएको छ । साइकल सिटि पोखराको आयोजनामा पोखरा देखि कास्कीको माछापुच्छ«े गाउँपालिका २ स्थित गण्डकी रेन्वो ट्राउट हुदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब ९ सय भन्दा बढी साईक्लिष्टहरु टुर दी पोखराको अभियानमा सहभागि हुनु भएको आयोजक संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।

उक्त अभियानमा करिब ५० जना महिला साईक्लिस्ट सहभागि हुनु भएको उहाँले जनाउनु भयो । यस बर्षको टुर दी पोखरामा ४ वर्ष उमेर समुह देखि ८६ वर्ष उमेर समूहसम्मका साइकल यात्री (साईक्लिस्ट) हरु उक्त अभियानमा जोडिनु भएको उहाँले बताउनु भयो । साथै उक्त अभियानमा भारत सहित तेश्रो मुलुकका केही पयटकहरु समेत सहभागि हुनु भएको अध्यक्ष श्रेष्ठले उल्लखे गर्नुभयो । स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको ‘टुर दी पोखरा’ साइकल ¥यालीको आठौँ संस्करण शनिबार पोखराको सभागृहबाट सुरु भएको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरामा साहसिक खेलकुदको विधामा पर्ने साक्लिङको प्रवल सम्भावना रहेको दाबी गर्नु भयो । पोखराका आगामी दुई बर्ष भित्र १ सय १७ किलोमिटरको साइकल लेन बनाउने योजना रहेको बताउनु भयो । उक्त अभियान सफल पार्न महानगरले यस बर्ष ७ लाख सहयोग गरेको बताउदै मेयर आचार्यले लेक टु लेक साईकल ल्याण्ड बनाउने बताउनु भयो ।

पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको मुख्य प्रवद्र्धनमा उक्त कार्यक्रम भएको हो । टुर दी पोखराले साइकल मार्फत पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै हरित पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको सचिव रामचन्द्र भट्टले बताउनु भयो । कार्यक्रममा विश्व साइकल यात्री, सामाजिक अभियन्ता तथा बौद्धिक अपाङ्गता भएका फरक क्षमताका साइकल यात्रीहरूको समेत उल्लेख्य सहभागिता रहेको उहाँले जनाउन्ु भयो । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लाल्चनले पोखरासहित अन्य क्षेत्रसम्म यसको विस्तार गर्न सके समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सल्लाहकार निरज थापाले उक्त अभियानले पोखरामा साइकल क्रेज बढाएको बताउनु भयो ।



