
पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा सह क्रियाकलाप अन्तर्गत मङ्सिर १२ गते शुक्रबारका दिन विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा अन्तरसदनात्मक बास्केटबल प्रतियोगिता सम्पन्न गरिएको छ । कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा छात्र तर्फ जुगल सदन प्रथम तथा कञ्चनजङ्घा सदनले द्वितीय स्थान हासिल गर्न सफल भए भने छात्रा तर्फको प्रतियोगितामा मनास्लु सदन प्रथम तथा कञ्चनजङ्घा सदनले द्वितीय स्थान हासिल गर्न सफल भएको कुरा विद्यालयका संस्थापक तथा सह प्राचार्य कृष्ण लम्सालले जानकारी गराए ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मनोरञ्जनका साथैशारीरिक, मानसिक विकास एवम् सामूहिक कार्यमा थप उत्प्रेरणा मिल्ने कुरा व्यक्त गर्दै विद्यार्थीहरुलाई आगामी दिनमा थप उत्साहित हुँदै विद्यालयका कार्यक्रममा सहभागिताका लागि उत्प्रेरित गरेका थिए । शुक्रबार आयोजित उक्तकार्यक्रमखेलकुद शिक्षक सफल बमजन, राहुल भण्डारी, दिल पुन एवम् प्रलेश गुरुङलेसञ्चालन गरेका थिए ।




