
पोखरा, ६ मङ्सिर,
जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ ।
नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गर्नुुभएको थियो ।
कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताउनुुभयो । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उहाँले जानकारी दिनुुभयो ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले स्थापना गर्नुुभएको पोखरा बृद्धाश्रमले स्थापनाकालदेखि असहाय ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा सेवा दिइरहेको बताउनुुभयो ।
यस अघि नायोरोमा ज्येष्ठ नागरिककको सेवा सम्बन्धमा आँफूहरूले स्थलगत रुपमा नै धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको बताउँदै उहाँले त्यहाँ प्राप्त गरेका ज्ञानसिपलाई सिमित साधनस्रोतका बीच पनि यहाँ कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागेको जानकारी दिनुुभयो ।
कार्यक्रममा नायरोका समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा बृद्धाश्रमका उपाध्यक्ष केशव लम्साल लगायतले बोल्नुुभएको थियो । पोखरा बृद्धाश्रमका अध्यक्ष पराजुलीले जापानको नायोरो नगर तथा समाजकल्याण शाखाका लागि नेपालको पहिचान झल्काउने किसिमको मायाको चिनो प्रदान गर्नुुभएको थियो ।




