
पोखरा, ५ मंसिर,
जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल प्रहरीलाई कम्प्युटर र सन्देशमुलक बोर्ड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच कम्पनीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा, कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ती सामाग्री हस्तान्तरण गरेको हो ।
कम्पनीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडालाई ७५ थान ट्राफिकसंग सम्बन्धीत सूचनामुलक बोर्ड र जिल्ला प्रहरी कार्यालय कास्कीका लागि ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइयो० प्रवीणरमण पराजुलीले ती सामाग्री राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर थापा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक नबिन कार्कीलाई हस्तान्तरण गरे ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सिइयो पराजुलीले सामाजिक उत्तरदायीत्व अन्तरगत कम्पनीले काम गदैँ आएको बताए । जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई हन्तारन्तरण गरिएका सामाग्रीले प्रहरीको सेवामा सहयोग पुग्ने पराजुलीले आशा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीका प्रमुख दानबहादुर थापाले इन्स्योरेन्स कम्पनीले प्रदान गरेका सामाग्रीले कानुनको कार्यान्वय गर्न र सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहयोग पुग्ने विश्वाश व्यक्त गरे । शान्ती सुरक्षा कायम गर्नु, अपराध नियन्त्रण र दुर्घटना न्यूनिकरण गर्न सबैको सहयोगको आवश्यक पर्ने पराजुलीको भनाई थियो ।




