
पोखरा,
प्रिमियम घडी ब्रान्ड टाइटनले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। चिप्लेढुङ्गास्थित ट्रेड मलमा सञ्चालित यो स्टोर शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। स्टोरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रिबन काटेर गरेका हुन्।
टाइटनका अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापक वसन्त वासुदेवनका अनुसार यो स्टोर नेपालभरको ११औँ टाइटन एक्सक्लुसिभ आउटलेट हो। पोखरामा भने पहिलोपटक यस्तो प्रिमियम रेंजको आधिकारिक स्टोर खुल्दै ठूलो संख्यामा ग्राहक आकर्षित हुने अपेक्षा गरिएको छ।
उनले जानकारी दिएका अनुसार स्टोरमा एक हजारभन्दा बढी मोडलका घडीहरू उपलब्ध छन्। पुरुषहरूका लागि ‘अल्ट्रा स्लिम एज’देखि महिलाहरूका लागि ‘ज्वेलरी कलेक्शन’ र ‘टाइटन स्टेलर’ मा आधारित आकर्षक डिजाइनसम्मका घडीहरू राखिएका छन्। साथै स्टोरमा घडीसँगै परफ्यूम र सनग्लास जस्ता एक्सेसरिज पनि उपलब्ध छन्।मूल्य श्रेणी रु। ३५ सयदेखि रु। ६० हजारसम्म रहेको वासुदेवनले बताए।
उद्घाटन अफर स् १० प्रतिशत छुट र परफ्यूम उपहार
स्टोर शुभारम्भको अवसरमा टाइटनले विशेष अफर सञ्चालनमा ल्याएको छ। मंसिर १० गतेसम्म खरीद गर्ने ग्राहकले घडीको मूल्यमा १० प्रतिशत छुट पाउनेछन्। साथै प्रत्येक घडी खरीदमा २० एमएलको टाइटन स्किन परफ्यूम उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। पोखरामा यसभन्दा अघि यति व्यापक मोडल र आधिकारिक सेवा उपलब्ध नहुँदा प्रिमियम घडीका ग्राहकहरू काठमाडौंमा भर पर्नुपर्ने अवस्था थियो। टाइटन स्टोरको आगमनसँगै पोखराका ग्राहकहरूले विश्वस्तरिय उत्पादनहरू स्थानीय रूपमा सहजै खरीद गर्न सक्ने भएका छन्।




