पोखरा ९ मा कुखराको चल्ला वितरण

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा वडास्तरिय दलित संजाल पोखरा ९ को आयोजनामा आइतबार ४० जनालाई कुखुराको चल्ला, दाना र औंषधि वितरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले काम गर्दा रिजल्ट देखिने गरी गर्नु पर्ने भन्दै अनावश्यक तालिमहरुमा खर्च गर्न भन्दा कुखुराका चल्ला वितरण कार्यक्रमले न्युनआय भएका दलित तथा विपन्न वर्गलाई राहत पुगेको वताए ।

सो अवसरमा वडा सदस्यहरु गीता चर्माकार, नन्दराम गिरी रलक्ष्मी पहारी, वडा सचिव कुलराज पौड्याल, टोलविकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, वडा कृषि संजालकी अध्यक्ष विमला रानाभाट, सेतीगंगा टोलविकास संस्थाका अध्यक्ष रोशन मानन्धर, कृष्ण टोलविकास संस्थाकी अध्यक्ष रुपा केसी, लगाएतले पोखरा ९ वडाले स्थानियलाई स्वरोजगार बन्न प्रेरित गरेको वताए ।

गत वर्ष पनि संजालले कुखुराको चल्ला वितरण गरेकोमा उक्त कुखुरा पालेर बिक्री गरी चौथो पटकका चल्ला पाल्न सफल बुद्धिमाया परियारलाई वडा अध्यक्षले नगद पुरस्कार सहित प्रदान गरेका थिए । गतवर्ष ५० घर परिवारलाई १० वडा चल्लाको दरले वितरण गरिएकोमा यस वर्ष ४० जनालाई १२ वटाका दरले वितरण गरिएको दलित संजालकी अध्यक्ष सपना विकले वताए । दलित संजालकी अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रोकवीर सुनारले र संचालनविमला परियारले गरेकी थिईन ।