पर्यटन व्यवसायी बसन्त दवाडीको निधन

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८२ मा प्रकाशित


पोखरा,

कास्कीका पर्यटन व्यवसयाी बसन्त दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासमा अग्रणी भुमिका खेल्दै आउनु भएको थियो ।

नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (नां) का समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ गण्डकी च्याप्टर (टान) का पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँकै सक्रियतामा माछापुच्छ्रे गाउँपालिकामा आमा प्रतिष्ठान नेपाल स्थापना भएको छ । उहाँ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो ।