
दीननाथ बराल,
पोखरा २९, कार्तिक,
पोखरामा आउँदो माघ दोश्रो साता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ ९ देखि १७ गतेसम्म हुने उक्त प्रतियोगिता हुने भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ ।
यस बर्ष पुरस्कार राषिमा बृद्धि गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताए । समय सापेक्ष पुरस्कार राषिमा थोरै बृद्धि गरिएको उनले पोखराक्लिकलाई जनाए । महिला तथा पुरुष तर्फ विजेता हुने टोलीलाई जनही ६ लाख ६६ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको भएको छ । त्यसै गरी छैटौंैं संस्करणको उपविजेतालाई भने ३ लाख ६६ हजार ६ सय ६६ साथमा शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने भएको हो । यस बर्ष विजेता तथा उपविजेता हुने टोलीलाई गत बर्षको तुलनामा ८१ हजार १ सय ११ रुपैया बृद्धि गरिएको हो । त्यसै गरी प्रतियोगितामा तेश्रो हुने टोलीलाई १ लाख ६६ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई २६ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको छ भने प्रतियोगितामा उत्कृष्ट ५ विधा उत्कृष्ट, डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही ११ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा छैटौंैं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुने भएको हो । गत बर्ष प्रतियोगितामा २ विदेशी टोली सहित ६–६ टोलीले सहभागिता जनाएका थिए् । गत बर्ष महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखराले जितेको थियो भने पुरुष तर्फ नेपाल पुलिस क्लवले उपाधि जितेको थियो ।







