
दीननाथ बराल,
पोखरा, २९ कार्तिक,
शनिबार पोखरा रंगशालामा छुट्टै माहोल देखियो । जाडो मौसम सुरु भएसंगै हल्का हावा चलेकै थियो भने मौसम खुलेर माछापुच्छ«े सहितका हिमश्रृखलाले पोखरा रंगशालामा आगन्तुक खेलाडी सहितका अतिथिहरुलाई स्वागत गरेको थियो ।
बिहानै देखि सेतो टिसर्ट लगायर रंगशालमा पुगेका युवा जमात एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस प्रतियोगितामा सहभागि हुन निकै उत्साहित भएका थिए ।
कास्की जिल्ला एथलेटिक्स संघले शनिबार पोखरामा पहिलो पटक आयोजना गरेकोे उक्त प्रतियोगितामा अपेक्षा गरे भन्दा २ सय ८० जना बढी खेलाडी सहभागि भए पनि व्यबस्थापन गर्न हम्मे हम्मे भयो । खेलाडी सहितका अतिथीहरुको लागि हिमाली सांस्कृतिक परिवारका कलाकारले खेलकुदको त्यो माहोलमा छुट्टै रौनक दिलाए । खेलाडीहरु कलाकारको तालमा नाच्दै रमाउन थाले । पहिलो पटक आयोजना गरेको कार्यक्रममा १ हजार ४ सय ८० जना धावक सहभागि भएर आफुहरुलाई निकै उत्साहित बनाएको आयोजक कास्की एथलेटिक्सका अध्यक्ष गज बहादुर गुरूङले पोखरा क्लिकलाई बताए ।
पोखरामा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा महिला तर्फ नारायणी भण्डारी र पुरुष तर्फ मिङ सिङी तामाङले उपाधि जिते । उनीहरुले उपाधिको साथमा सहित नगद २०÷२० हजार हात पार्न सफल भए । महिला तर्फ भण्डारीले ४१ मिनेट २३ः८० सेकेण्डमा दुरी पार गरी प्रथम हँुदा पुरुष तर्फ भने तामाङले ३१ मिनेटमा उक्त दुरी पार गर्दै उपाधि जित्न सफल भएका हुन् । महिला तर्फको उक्त प्रतियोगितामा ४२ मिनेट ६ः९६ सेकेण्डमा उक्त दुरी पार गरी मुना माया श्रेष्ठ दोश्रो हुँदा ४४ मिनेट ५३ः१४ सेकेण्डमा उक्त दुरी पार गरी द्रौपत्ताकुमारी कठायत तेश्रो भईन । यमुना घर्ती मगर चौथो हुँदा सनि चौधरी भने पाँचौं स्थानमा आउन सफल भइन् । श्रेष्ठ, कठायत र घर्ती मगर नेपाली सेनाका खेलाडीहरु हुन् ।

त्यसै गरी पुरुष तर्फ दील बहादुर बुढाले ३१ मिनेट ३९ सेकेण्डमा उक्त दुरी पार गरी दोश्रो हुँदा बादक कार्कीले ३३ मिनेट ८ सेकेण्डमा उक्त दुरी पार गरी तेश्रो भए । गौतम श्रेष्ठ चौथो हुँदा कमल नेपाली पाचौ स्थानमा आउन सफल भए । त्यसै गरी ५ किलोमिटर छात्र÷छात्रातर्पmको दौडमा छात्रा तर्फ गौरी शंकर माविकी पुष्पा भण्डारी प्रथम हँुदा मेघराज स्कुलकी एन्जीला जिटी दोश्रो र छोरेपाटन माविकी साधना परियार तेश्रो भए । भण्डारीले २२ मिनेट २३ सेकेण्डमा उक्त दुरी पार गर्दा जिटीले भने २५ मिनेट ०ः३४ सेकेण्डमा उक्त दुरी पार गरे । त्यसै गरी छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका अमृत विश्वकर्मा प्रथम हुँदा श्री नेपाल राष्ट्रिय स्कुलका रुपेशकुमार माझी दोश्रो र छोरेपाटन माविका तेन्जोन रोक्का तेश्रो भए । विश्वकर्माले निर्धारित दुरी १८ मिनेट ५५ सेकेण्डमा पार गर्दा मधेश प्रदेशबाट सहभागि माझीले १९ मिनेट ३ः९५ सेकेण्डमा उक्त दुरी पार गरे । १० किमि दौड पहिलो हुने देखि लिएर पाँचौ स्थान सम्म प्राप्त गर्ने महिला÷पुरूषतर्फ समान नगद क्रमश प्रथम, दोश्रो, तेश्रो, चौथो, पाचौलाई २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । विद्यालय छात्र÷छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौ स्थान सम्मका लागि १०, ७, ५, ३ र २ हजार नगद प्रदान गरियो ।

विजयी खेलाडीहरुलाई पोखराका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशमा बरिष्ठ निर्देशक एवं प्रमुख मणि राज लामिछाने, पश्चिम पृतना हेक क्याटरका पृतनापति मधुकर सिंह कार्की, प्रदेश खेलकुद परिषद गण्डकीका पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, भूत पूर्व खेलाडी मञ्चका अध्यक्ष दील बहादुर गुरुङ, कास्की एथलेटिक्सका अध्यक्ष गज बहादुर गुरूङ लगायतले पुरस्कार वितरण गरे । यस अघि पोखराका मेयर आचार्यले प्रतियोगिताको उद्घाटन गर्दै पोखरामा साप्ताहिक रुपमा स्थानिय, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्त्राष्ट्रिय कुनै न कुनै खेलकुदका गतिविधिहरु भई रहेको दाबी गरे । पोखरामा खेल पर्यटनको धेरै सम्भावना रहेको बताउदै उक्त रेसलाई आगामी बर्षबाट बार्षिक क्यालेण्डरमै राखेर तयारीमा जुट्न उनले आग्रह गरे ।

प्रतियोगितामा १ हजार ४ सय ८० जना खेलाडीहरु सहभागि भएको कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले बताए । एथलेटिक्स खेलको विकास र प्रवद्र्धन पहिलो पटक आयोजना गरिएको पोखरा १० के रेसमा उत्साहजनक रूपमा खेलाडीको सहभागिता रहेको अध्यक्ष गज बहादुर गुरूङले बताए । त्यस्तै टप २५ जना फिनिसरलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था आयोजकले गरेको थियो । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका र एक्सट्रिम एनर्जी ड्रिङ्कले सहकार्य गरेको आयोजकले जनाएको छ ।




