पोखरा फेवातालको फुटपाथमा जथभावी व्यापार नगर्न चेतावनी

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको फेवाताल किनार(फुटपाथ) मा जथभावी रुपमा व्यापार नगर्न पोखरा महानगरपालिकाले सूचना जारी गरेको छ । फुटपाथ देखि तालको छेउछाउमा मकै पोल्ने, चटपटे बिक्रि गर्ने देखि चिया पकाउने देखि झिर पोल्ने लगायतका विभिन्न व्यापार व्यावसायी गरी जथभावी फोहोर गरेकोले त्यसलाई नियन्त्रण गर्न पहिलो चरणमा पुनःसचेत गराउने तिहार पर्व लगत्तै अहिलेकै अबस्था रहे फुटपातको व्यवसायलाई हटाउने पोखरा ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले बताए ।

पटक पटक भन्दा पनि सुनुवाई नभएकोले एक पटक सूचना प्रवाह गरीएको छ अबको केही दिन पछि फुटपाथमा व्यापार गर्ने फोहोर गर्नेलाई आवश्यक कार्वाही हुने उनले चेतावनी दिए । पोखराको क्याम्पिङचोकमा भने फुटपात देखि २०÷२५ फिट टाडा रहेर फुटपात व्यापार गर्न वडाले भन्दै आएको छ ।