नेपाली सेनाद्धारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

-


     पोखरा क्लिक     
     भाद्र २४ गते २०८२ मा प्रकाशित


काठमाण्डौं,

जेनजीको आन्दोलनको दोश्रो दिन आज मंगलबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आव्हान गरेका छन् । मंगलबार सम्बोधन गर्दै उनले अहिलेको वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकोले त्यसको आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्तामा आउन आग्रह गरेका हुन् ।

साथै उनले देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन्। प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्।

‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहेको जनाए।