नेपाली सेनाका बक्सरहरु पोखरामा (भिडियो सहित), प्रधान सेनापति ट्रफी–२०८२ सुरु

-


     पोखरा क्लिक     
     भाद्र ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, भदौ,

नेपाली सेनाका बक्सरहरु यति वेला पोखरामा सहभागि हुनु भएको छ । खेलकुदको शहर पोखरामा आज(बुधबार) देखि सुरु भएको प्रधान सेनापति ट्रफी–२०८२ अन्र्तगत बक्सिङ खेलको प्रतिष्प्रर्धाको लागि देश भरका सेनाका खेलाडीहरु पोखरामा सहभागि हुनु भएको हो ।

पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्ड हलमा बुधबारदेखि सुरु भएको उक्त प्रधान सेनापति ट्रफी–२०८२ को एक समारोहका बिच पश्चिम पृतना हेड क्वाटरका प्रतनापति उपरथी मधुकरसिंह कार्कीले उद्घाटन गर्नु भएको हो । प्रतियोगितामा ८ पृतना, ५ बाहिनी र १ विशेष फौज बाहिनीका खेलाडीहरू सहभागी हुनु भएको पश्चिम पृतनाले जनाएको छ । उक्त बक्सिङ प्रतियोगितामा २ सय २४ जना खेलाडीहरुले विभिन्न इभेण्टमा प्रतिष्प्रर्धा गर्दै हुनुहुन्छ । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ ६ तौल समूहमा प्रतिष्प्रर्धा हुने भएको पश्चिम पृतनाका सेनानी (वक्सिङ खेलका समन्वय अधिकृत) हुमन सिंह कुवंरले पोखराक्लिकलाई बताउनु भयो । उक्त प्रतियोगिता यही भदौ ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । यही भदौं १४, १५ र १७ गते नेपाली सेनाको यूटुव च्यानल मार्फत प्रत्यक्ष प्रशारण हुने भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै पृतनापति कार्कीले नेपाली सेनाले नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधान सेनापति ट्रफीले खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नुका साथै खेलकुदमा निरन्तर लाग्न प्रेरणा जगाउने जनाउनु भयो । उहाँले नवौं राष्टिय खेलकुदमा नेपाली सेनाले बक्सिङबाट १२ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको स्मरण गर्नुभयो । नेपाली सेनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खेलकुदको क्षेत्रबाट नेपालको नाम उचो पार्ने काम गरेको जनाउनु भयो । यस आन्तरिक प्रतिष्प्रर्धाले खेलाडीहरुमा थप प्रोत्साहन र हौसला मिल्ने भएकोले आर्मीले हरेक बर्ष एक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको पृतनापति कार्कीले बताउनु भयो ।

प्रधान सेनापति ट्रफी–२०८२ अन्र्तगत बक्सिङसँगै फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, पौडी, जुडो र तेक्वान्दोका विभिन्न क्षेत्रमा प्रतियोगिता हुने भएको छ । प्रधान सेनापति ट्रफी अन्तर्गत विभिन्न खेल तर्फका प्रतियोगिता यही असोज १० गतेसम्म संचालन हुने भएको छ । २०६७ साल देखि उक्त प्रधान सेनापति ट्रफी सुरु भएको हो । उद्घाटन सत्रमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, बक्सिङ संघ गण्डकीका अध्यक्ष बिद्या मर्सानी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, बक्सिङका पदकधारी खेलाडी गणेश बहादुर भट्टराई, पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराई, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतको सहभागिता रहेको थियो ।