वाईसीएल गण्डकीद्धारा शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गर्यो

-


     पोखरा क्लिक     
     श्रावण १० गते २०८२ मा प्रकाशित


पोखरा ,१० साउन,

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेश समितिले पोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गरेको छ । वाईसियलले वातावरण संरक्षण अभियान अन्र्तगत वृक्षारोपण गरेको वाइसीएलका गण्डकी अध्यक्ष थमन गुरुङले पोखराक्लिकलाई बताउनुभयो।

बिद्यालय परिसरमा फलफूल तथा डालेघाँसका १ सय ५० वटा बिरुवा रोपिएको उनले जनाउनु भयो । केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत वातावरण संरक्षण र उत्पादनमूलक कार्यलाई जोड दिने सन्देशको लागि उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। वृक्षारोपण सँगै त्यसको नियमित संरक्षण एवं बिरुवा हुर्काउनको लागि पनि आफूहरूको ध्यान जाने अध्यक्ष गुरूङले जनाउनु भयो ।

विद्यालय परिसरमा एभोगाड, आँप,अमला लिची लगायतका फलफूल तथा राईखनियो, कोइराला, सितल चिनी लगायतका जातका बिरुवा रोपिएको हो ।विद्यालयमा फलफुल तरकारि, गाईभैँसी समेत पालन भएकोले उक्त अभियानले थप सहयोग हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद दीपक कोइराला, केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे लगायत नेताहरूको उपस्थिति थियो। प्रदेश अध्यक्ष गुरुङले युवाहरूको यस्तो सिर्जनात्मक क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिने बताउँदै रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नु भयो ।



This will close in 20 seconds