
काठमाडौं, साउन ९,
नेपाली खेलकुदको प्रतिष्ठित सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यस वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। यो अवार्ड पहिलो पटक काठमाडौं बाहिरको शहर पोखरामा आयोजना हुन लागेको हो।
कार्यक्रमको आयोजनाका लागि शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच पाँच वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभयो। गोल्छा ग्रुपले अवार्डको लागि नगद तथा जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ। कम्पनीले विगत १७ वर्षदेखि अवार्डको मुख्य प्रायोजन गर्दै आएको छ।
अध्यक्ष अधिकारीका अनुसार स्पोर्ट्स अवार्डलाई राष्ट्रिय ढंगले फैलाउने उद्देश्यले ूपर्यटन राजधानी पोखराू छानिएको हो। ूभ्रमण वर्ष २०२५ू को पृष्ठभूमिमा पोखरासँग समन्वय मिल्नासाथ यो वर्ष त्यहाँ आयोजना गर्ने निर्णय लिइएको जानकारी उहाँले दिनुभयो।
यसपटक पनि १० विधामा अवार्ड
एनएसजेएफका महासचिव अन्जन खड्काले अवार्डमा यसपटक पनि १० विधा समावेश गरिएको जानकारी दिनुभयोस्
वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षकी उत्कृष्ट महिला खेलाडी,वर्षका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलेट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड, टिम अफ द इयर, पाँच विधाका विजेताले पल्सर मोटरसाइकल, बाँकी चार विधाका विजेताले नगद १र१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
महासचिव खड्काका अनुसार पिपल्स च्वाइस अवार्डको भोटिङ प्रणालीमार्फत निर्णय गरिनेछ। पुरुष, महिला, युवा र प्रशिक्षक विधाका मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने छ। गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षदेखि एकै कार्यक्रमसँग जोडिनु नेपालको सन्दर्भमा निकै दुर्लभ रहेको बताउँदै, “यो लामो सहकार्य विश्वास र प्रतिबद्धताको उपज हो,” भन्नुभयो। उहाँले फुटबल लिग, क्रिकेट लिग, ग्रासरुट परियोजनामार्फत पनि नेपाली खेलकुदमा साथ दिँदै आएको जानकारी दिनुभयो।
एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले यति लामो समय एउटै कार्यक्रम र एउटै प्रायोजक बीचको निरन्तरता दुर्लभ भएको बताए। ूखेलाडी सम्मान हुँदा पत्रकार पनि सम्मानित महसुस हुन्छन्,ू उनले भने। पुरुषतर्फस् क्रिकेटर रोहित पौडेल, महिलातर्फस् करातेकी एरिका गुरुङ,युवातर्फस् भारोत्तोलनका हेमन्त पाल, प्रशिक्षकस् कराते प्रशिक्षक कुशल श्रेष्ठ, पिपल्स च्वाइसस् भलिबलकी कविता भट्ट, स्पेसल अवार्डस् भलिबल प्रशिक्षक कुमार राई, पारा एथलेट सम्मानस् पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डस् दक्षिण कोरियाका ही डोङ जोङ, लाइफटाइम एचिभमेन्ट अवार्डस् पूर्व क्रिकेट अध्यक्ष विनयराज पाण्डे टिम अफ द इयरस् महिला कबड्डी टोली (एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक) टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।






