मिनि वार, वाथरुम सहितको सुपर डिलक्स बस सेवा पोखरा हेमजा देखि काठमाडौँ भक्तपुरसम्म सरर ..

-


     पोखरा क्लिक     
     असार १४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १४, असार,

पर्यटनको राजधानि पोखरा देखि काठमाण्डौं रुटमा कोइली ट्राभल्सले मिनिवार, साथरुम सहितको नयाँ सुपर डिलक्स बस सेवा सञ्चालनमा ल्याएको हो । पोखराको हेमजा बाट काठमाडौँ भक्तपुर सम्मका लागि कम्पनीले एक साता अघि देखि उक्त बस सेवा संचालन गर्दै आएको सञ्चालक मेघराज त्रिपाठीले पोखराक्लिकलाई बताउनु भयो ।
विगत ७ महिना देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको कोइली ट्राभल्सले अघिल्लो आइतबार देखि दिवा सेवा समेत संचालन गरेको हो । यात्रुको माग र चापका कारण आफुहरुले थप सेवा विस्तार गरेको उहाँले बताउनु भयो ।

सिल्परमा एउटा सिङ्गल र दुई वटामा दुई जना सुत्न मिल्ने व्यवस्था रहेको छ भने अशक्त र ढाडका बिरामीको लागि सिल्पर सहितको व्यवस्था हुँदा बिरामी यात्रुहरूलाई यात्रा गर्न सहज हुने संचालक त्रिपाठीले जनाउनु भयो । यात्राको क्रममा यात्रुहरूलाई सहज यात्राका लागि एसी, वाई फाइ, हरेक सिटमा चार्ज गर्न मिल्ने, खाजा, कफी, कोक चिसो तातो पानीको व्यवस्था रहेको कम्पनीले दाबी गरेको छ ।

उक्त बस सेवा हेमजाबाट बिहान ६ः०० बजे छुट्छ भने, मालेपाटन, जिरो किमी, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुँदै पृथ्वीचोकबाट काठमाडौंको गौशाला चावेल एर्पोट हुँदै भक्तपुर पुग्ने भएको छ । भक्तपुरबाट पोखराका लागि सोही रुट मार्फत बिहान ६ः३० बजे छुट्दै आएको छ । दुई बसको करिब २ करोड ३० लाखको लगानीमा सञ्चालनमा ल्याइएको त्रिपाठीले उल्लेख गरे । उक्त बसको भाड दर १ हजार ६ सय रहेको छ । चाइनामा निर्मित सेन्सर सिस्टम जडित आधुनिक बाथ रुमको पनि व्यवस्था रहेको छ । उक्त बसमा सेवा गर्ने यात्रुले दिसा पिसाब बस भित्र गर्न पाउने सुविधा रहेको रहेको छ भने यात्रुहरूको सुविधाका लागि २८ वटा फोल्डिङ सोफा सिट रहेका छन् ।

रात्रि सेवामा यात्रुहरूले देखाएको अपार माया र सद्धभावलाई मध्यनजर गर्दै कोइली ट्राभल्सले आइतबार देखि हेमजा बाट काठमाडौँ भक्तपुर सम्मका लागि दिवा सेवामा दुई वटा नयाँ सुपर डिलक्स बस सेवा सञ्चालनमा ल्याएको अर्का संचालक अशोक कुमार चौधरीले बताउनु भयो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको व्यवस्थापन तथा यातायात व्यवसायी मेघराज त्रिपाठी र अशोक कुमार चौधरीको लगानीमा उक्त बस सेवा संचालनमा आएको हो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले कोइली ट्राभल्सटले यात्रुहरूको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । पोखरामा पछिल्लो समयमा सुपर डिलक्स सेवा संचालन गर्ने क्रम जारी रहेको बताउदै उहाँले नीति क्षेत्रले यातायात क्षेत्रमा गरेको लगानी राज्यले त्यसको ग्यारेन्टि गर्न माग गर्नुभयो । यसैबिच, उक्त बस सेवाको एक समारोहका बिच पोखरा महानगर पालिकाका प्रवक्ता तथा पोखरा २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले हालै शुभारम्भ गर्दै पर्यटनको राजधानि पोखरामा यस्ता सुविधा सम्पन्न बस सेवाले पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।