प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

-


     पोखरा क्लिक     
     भाद्र २७ गते २०८१ मा प्रकाशित


पोखरा, भदौ २६,

विभिन्न विश्वविद्यालयले लिएको स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका
प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले
लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिब अध्ययन संस्थानले लिएको
प्रवेश परीक्षामा उनीहरुले पूर्ण छात्रवृत्तिमा प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । सम्मानित
विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए ।

चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएससी नसिर्
बतर्फ प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी थिईन । त्यस्तै इन्जिनियरि
बतर्फ अभिषेक न्यौपानेले आफुलाई तेश्रो नम्बरमा पार्न सफल भएका थिए ।
विद्यालयले नर्सिब, एमबिबिएस, बिडिएस सहित चिकित्सा क्षेत्र र इन्जिनियरिबतर्फका उत्कृष्ट
विद्यार्थीलाई सम्मान गरेको थियो । चिकित्सा र इन्जिनियरिबतर्फ गरि झन्डै एकसय जना
प्रतिभाका विद्यार्थीले योवर्ष विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति
पाउने गरि प्रवेश परीक्षा उत्तिर्ण गरेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
।।।सफलताको कथा कोर्ने क्रममा प्रतिभा माविले यो पटक फेरि नयाँ इतिहास रचेको
छ, प्रतिभाका विद्यार्थीले आफुलाई अब्बल प्रमाणित गरेका छन,’ सापकोटाले भने, ।।।

उत्कृष्टताको इतिहासको निरन्तरताले हामीमा आत्मविश्वास बढाएको छ ।’
प्रतिभा माविबाट कक्षा १२ उत्तीर्ण गरि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा
हजारौं विद्यार्थीलाई पछाडि पारेर उत्कृष्ट हुन सफल भएको उनले बताए । पहिलो चरणमा
विज्ञान विषयमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई सम्मान गरेकोमा केही दिनपछि
व्यवस्थापन विषयमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई पनि सम्मान गरिने उनले बताए ।
प्राचार्य सापकोटाका अनुसार बिएससी नर्सिबतर्फ ढकाल सहित प्रतिभाका १६ जना छात्रा नसिर्
बतर्फ पूर्ण छात्रवृत्ति पाउने गरि उत्कृष्ट भएका छन । त्यस्तै इन्जिनियरिबतर्फ
न्यौपानेले तेस्रो नम्बरमा आफुलाई उभ्याउन सफल भएका थिए । ।।

।प्रतिभाका लागि हरेक वर्ष उत्कृष्ट छन । विद्यार्थीले प्रतिभाको सान फराकिलो बनाइदिएका छन,’ उनले भने,
।।।प्रतिभाका थुप्रै प्रतिभाले आफनो सपना पूरा गर्दैछन । छात्रवृत्तिको यो रिजल्ट हाम्रा
लागी मात्र नभई समग्र पोखराको पनि सफलता हो । ’ सापकोटाका अनुसार विज्ञान विषयबाट मात्र यो वर्ष एकसय जना भन्दा बढी प्रतिभाका विद्यार्थीले फरक फरक विषयमा पूर्ण छात्रवृत्ति पाउने गरि इतिहास रचेका छन् । ।।।हजारौं
प्रतिश्पर्धीलाई उछिन्दै पहिलो नम्बरमा आउनु सबैका लागि गर्वको कुरा हो,’ उनले

भने, ।।।भविश्यका डाक्टर र इन्जिनियर उत्पादन गर्न पाउनु समग्र पोखराका लागि पनि
खुसीको कुरा हो ।’ नर्सिबतर्फ १५ हजार बढी प्रतिश्पर्धीलाई उछिन्दै पहिलो हुन सफल ढकालले
प्रवेश परीक्षामा उत्तिर्ण हुनु सहज नभएको र उत्तिसारो अप्ठेरो पनि नभएको बताईन । ।।।
कक्षा ११ मा राम्रो गर्दा १२ कक्षामा अझ राम्रो हुन्छ । गा¥हो लागेका कुरा शिक्षकसँग सोध्न
डराउनु हुँदैन,’ ढकालले हाल ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई सुझाउँदै
भनिन, ।।।सुरुमा काठमाडौंमा हजारौंको भिडमा म हराएकी थिए । तर, गाह्रो लागेको
विषयमा ध्यान दिएर पढे । देखेको सपना पूरा गर्ने हिम्मत राखे, त्यसले मलाई सफलता
दिलायो ।’

त्यस्तै इन्जिनियरिबतर्फ १५ हजार बढिलाई उछिन्दै नेपालमै तेश्रो हुन सफल
अभिषेक न्यौपानेले पनि सबैको हौसलाले आफु सफल भएको बताए । कक्षा ११ देखि नै
आधार बनाउने हो भने पछि असहज नहुने उनले बताए । ।।।सबैले पढे जतिको सम्झन
सक्दैन । तर, अभ्यास निरन्तर गर्ने हो भने असफल भइदैन,’ उनले भने, ।।।मेहनत निरन्तर
चाहिन्छ ।’