
दीननाथ बराल,
पोखरा २७, असार,
पोखराको मध्य भाग हुदै बग्ने गरेको सेती नदी किनारमा रहेका स्थानिय बासिहरु ठुलो बर्षा हुदाँ तथा अविरल बर्षा हुँदा सधै त्रसित हुने गर्नु भएको छ । पोखराको सेतीनदी किनारका बासिन्दा अविरल बर्षामा सधै त्रसित हुनु परेको स्थानियले बताउनु भयो ।

केही दिन देखि पोखरा क्षेत्रमा पनि परेको अविरल बर्षाले गर्दा पोखरा क्षेत्रका केही बस्ती नै पहिरेले बगाउन थालेको छ भने केही पहिरोको उच्च जोखिममा रहेको छ । पोखराको भूवनोट नै कमजोर भएको हुँदा यहाँ ठुलो र लामो समय सम्म बर्षा हुँदा पोखरामा बाढी पहिरो तथा सडक भाषिने तथा जमिन भाषिने समस्या हुने गरेको स्थानिय कमल गिरीले गुनासो गर्नु भयो । पोखरामा यस बर्ष ठुलो बर्षा हुदा आफुहरु धेरै दिन देखि रातिको समयमा सुत्न नपाएको उहाँले गुनासो गर्नु भयो ।

पोखराक्लिकलाई गुनासो गर्दै उहाँले सेतीनदी र फुर्से खोलाको चेपुवामा दोविल्ला बस्ती भएकोले आफुहरु त्रसित हुदै दिन रात बस्नु परेको जनाउनु भयो । जोखिमपूर्ण क्षेत्रमा राम्रोसंग तटबन्दन गर्न स्थानियले माग गर्नु भएको छ । केही बस्ती भने सरकारी मापदण्ड भित्र नदी तथा खोला किनारमा रहेका छन्। पोखरा १७ दोभिल्लामा पर्ने प्रगती टोल क्षेत्र फुर्सेखोलाको कटानले बस्ती जोखिममा परेको छ भने पोखरा १४ मा सेतीनदी किनारको बस्ती, वात्सायन बृद्धाश्रम क्षेत्र सेती नदीको कटानले उच्च जोखिममा रहेको छ । त्यसै गरी पोखरा २५ को हेमजाको याम्दी क्षेत्रको सडक भाषिएको छ भने पोखरा १३ को कमलपोखरीमा बस्ती डुवान भएको छ भने पोखरा १६ जुम्लेटीमा पडक भाषिएको छ ।

पोखरा दोभिल्ला क्षेत्रको सडक हाल डाईभर्सन गर्नु पर्ने गरी फुर्सोखोलाले सडक भत्काएको पोखरा १७ का वडा अध्यक्ष राधिका शाहीले बताउनु भयो । केही दिन अघि उक्त सडकमा पानीको बहान आउन लागेको देखेर डोजर लगायर सडक बचाउने गरी खोलाको छेउमा डोजर लगाउन खोज्दा वडाबाट उक्त काम नभएको कारण हाल सडक सहित प्रगती टोल, ओशो ध्यान केन्द्र लगायतको क्षेत्र उच्च जोखिममा परेको स्थानिय रविन गुरुङले दाबी गर्नु भयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोलीलाल तिम्सिनाले पोखराका धेरै ठाँउमा सडक भाषिने देखि डुवान हुने क्रम जारी रहेकोले बर्षाद समेत नरोकिएको अबस्थामा उच्च सर्तकता अपनाउन आग्रह गर्नु भयो ।

अविरल वर्षाका कारण पोखरा १६ जुम्लेटीमा क्षति भएको सडक र स्थानीयको घर सङ्गै छहरेपानीमा गएको पहिरोको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रीले अवलोकन गर्नु भएको छ । आफ्नो फेसवुक स्टाटस लेख्दै उहाँले प्रदेशका इन्जिनियर सङ्गै निरीक्षण गरेको उल्लेख गर्दै मन्त्री थापाले क्षतिग्रस्त स्थानको पुर्ननिर्माण लागि व्यवस्था मिलाइएको बताउनु भयो । साथै उहाँले नआत्तिन र सुरक्षित रहन आग्रह गर्नु भएको छ ।

पोखराको सेतीनदीमा पानीको बहाब बढेकोले यस क्षेत्रका बस्तीमा उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ । कुनै क्षेत्रमा तत्काल उद्धार गर्न परे कास्की प्रहरी सहित शसस्त्र प्रहरी वल कालिका गणमा समेत खबर गर्न आग्रह गरिएको छ । पोखराको फेवातालमा समेत पानीको बहाब बढेको छ ।






