गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिनु भयो सपथ,थापा र गुरुङ दुई मन्त्री नियुक्त

-


     पोखरा क्लिक     
     जेठ १६ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १६, जेठ,

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गर्नु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री पाण्डेलाई आज(बुधबार) पोखरा सभागृहमा सपथ ग्रहण गराउनु भएको हो ।

साथै मुख्यमन्त्री पाण्डेले थप दुई मन्त्रालय विस्तार गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले कागेंसका विन्दुकुमार थापालाई उर्जा जलश्रोत तथा खानेपानी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिनु भएको छ । त्यसै गरी लमजुङका डा.टकराज गुरुङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवार दिनु भएको हो । साथै दुबै मन्त्रीले बुधबार नै सपथ ग्रहण गर्नु भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम प्रदेश प्रमुख भट्टले बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मत प्राप्त गरेको विधि र प्रकृया असंवैधानिक ठहर गर्दा उहाँ पद मुक्त हुनु भएको हो ।

सर्वोच्च अदालतले अधिकारीलाई पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता एवं पूर्व मुख्मन्त्री समेत हुनु भएका पाण्डेलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।