परासी बजारको झरही खोला किनारा नजिक हार्ट बजारमा किनमेल गर्नेहरुको भिड् (फोटोफिचर)

-


     पोखरा क्लिक     
     कार्तिक २६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
नवलपुर, २६ कार्तिक

नवलपुर पश्चिमको परासि बजार मेला अन्र्तगत पर्ने झरही खोला किनारा नजिक शनिबार आयोजना भएको हार्ट बजारमा किनमेल गर्नेहरुको भिड् । प्रायः गरी हरेक हप्ताको शनिबार र बुधबार उक्त क्षेत्रमा हार्ट बजार मेला लाग्ने गर्दछ ।

तिहार पर्वको अवसरमा लागेको उक्त हार्ट बजारमा दैनिक उपभोग्य बस्तु देखि तिहार पर्वलाई लक्षित गरी विभिन्न तिहार मसला देखि विभिन्न सर सामानहरु सहुलियत मुल्यमा बिक्रि वितरण भएको स्थानिय हाराम पौडेलले बताउनु भयो ।

उक्त मेलाले स्थानीय रुपमा उत्पादन भएका बस्तु तथा सेवाको आम उपभोक्ताहरुले सिधै खरिद गर्न पाउने हुदा केही सहुलियत दरमा खरिद बिक्रि गर्ने प्लेट फम भएको उहाँको भनाई थियो ।



This will close in 20 seconds