पोखरामा शनिबारदेखि अन्तर क्लव टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८० मा प्रकाशित


पोखरा , १९ असोज

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार देखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । 

पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागि हुने भएको समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो । असोज २७ गतेसम्म चल्ने प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोदारले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेको बताउनु भयो । पोखरामा पनि क्रिकेट क्रेज बढी भएको उहाँको दाबी थियो । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले महानगरको आयोजनालाई सफल बनाउन संघको सहयोग रहने बताउनु भयो । आगामी दिनमा क्रिकेट विकासमा महानगरसंग हातेमालो गर्ने बताउदै उहाँले हालसम्म पोखरा क्रिकेट मैदान निर्माणमा पोखरा महानगरको एक रुपैया समेत नपरेको दाबी गर्नु भयो । प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा विजेता भएको गण्डकी प्रदेशका महिला खेलाडीहरुलाई जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले महत्वपूर्ण भुमिका खेलेको अध्यक्ष सिग्देलले स्मरण गर्नु भयो । तत्कालिन अबस्थमा प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनका प्रेस संयोजकको रुपमा बराल रहनु भएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले पोखराका क्रिकेट खेलाडीहरुमा थप निखारता ल्याउन यस्ता प्रतियोगिताहरु निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनु भयो । पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनले महानगरले यो प्रतियोगिता सञ्चालनका लागि २ लाख आर्थिक सहयोग प्रदान गरेको बताउदैै अपुग रकम संघले व्यवस्थापन गर्ने जनाउनु भयो । संघले आगामी दिनमा क्रिकेट विकासका लागि ग्रासरुटदेखिकै कार्यक्रम ल्याउने उहाँको भनाई थियो । समितिका सदस्य सचिव सुवास खड्काले उक्त प्रतियोगिता ८ दिनसम्म पोखरामा संचालन हुने बताउनु भयो ।

 



This will close in 20 seconds