छोरपाटन मा.विमा स्वागत तथा अभिमुखीकरण

-


     पोखरा क्लिक     
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरिएको छ । सो अवसरमा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरेपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक संस्था रहेको जनाउँदै विद्यार्थीलाई अनुशासीत बन्न सुझाए।


प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई नियमित पठनपाठनमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीको चौतर्फी विकासमा विद्यालय चनाखो रहेको स्पष्ट पारे। सहायक प्रधानाध्यापक खेमराज बरालले विद्यार्थीलाई भविष्य ख्याल गरी अध्ययन गर्न सुझाव दिर्दै पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले महत्व दिर्दै आएको प्रष्टाए । अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यालयमा पठनपाठनको वातावरण राम्रो रहेको उल्लेख गर्दै विद्यार्थीले असल साथीको संगत गनुपर्ने भनाई राखे।

त्यस अवसरमा शिक्षक इन्द्रप्रसाद दाहाल, पूर्व विद्यार्थी ई. सूचना रिजाल लगायतले पनि धारणा राखे । कार्यक्रमका बीच विद्यार्थीलाई कलम, विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना तथा क्यालेण्डर प्रदान गरी स्वागत गरियो । विद्यालयमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूह अन्तर्गत पठनपाठन हुने गर्दछ । व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहमा भर्ना भएका विद्यार्थीलाई सोमबार विहान तथा विज्ञान समूहका विद्यार्थीलाई दिउँसो कार्यक्रम गरी स्वागत तथा अभिमुखीकरण गरिएको हो। प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत तथा शिक्षकद्वय लिलानाथ आचार्य(विमल) र दिपक सुवेदीले कार्यक्रम संचालन गरे।